वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम



कोहलपुर :  बाँकेको कोहलपुरमा वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरको आयोजनामा वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष कल्पना शर्मा रहेकी थिइन् ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष शर्मा वित्तीय साक्षरता आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार हरेक मानिसले वित्तीय साक्षरताबारे ज्ञान लिन आवश्यक छ । यस्तै गुनासो सुनुवाई प्रक्रियामा सेवाप्रदायक जवाफदेही हुन आवश्यक रहेको वडा अध्यक्ष शर्माले बताइन् शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शाखाका प्रमुख हंश बहादुर नेपालीले संस्थाप्रति सदस्यहरुको भरोसा बढ्दै गएको बताए ।

उनका अनुसार सदस्यमैत्री नीतिका कारण संस्थाप्रति आकर्षण बढ्दै गएको छ । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेका संस्थाका नायब प्रमुख अधिकृत सूर्यप्रसाद उपाध्यायले वित्तीय ज्ञान सम्बन्धी जनचेनतामुलक सन्देश प्रवाह गरेका थिए । उक्त अवसरमा विभिन्न केन्द्रबाट उपस्थित सदस्यहरुबाट उत्कृष्ट केन्द्र,उत्कृष्ट बचत र उत्कृष्ट व्यवसाय गरिरहेकालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ११ गते सोमबार