पश्चिम तराईका थारू बाहुुल्य क्षेत्रमा माघी पर्वको रौनक सुुरु भएको छ । बाँकेसहित बर्दिया, कैलाली, कन्चनपुर र दाङका थारू बस्तीमा माघीको रौनकले छोपिसकेको छ । थारू समुदायमा माघी पर्वलाई पारिवारिक मिलन, सुखदुःख साटासाट, भेटघाट, नाँचगान गरेर रमाउने अवसरका रूपमा लिइन्छ । यो समुुदायमा माघीको विशेष महत्व छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँके कोहलपुुर–६ रझेना गाउँकी घुुस्री थारू माघीको पूर्वतयारीमा व्यस्त छन् । उनको घरमा माघीको रमझम सुरु भइसकेको छ । थारूको संयुुक्त परिवार छ । उनीहरू एक साता अघिदेखि नै माघीको तयारीमा जुटिसकेका थिए । माघीलाई काट्न बंगुर खरिद गरिसकेको छ, घुुस्रीको परिवारले । बंगुुरको मूूल्य ३० हजार परेको उनी बताउँछिन्् ।
‘माघी लागिसकेको छ । पूर्वतयारी गरिरहेका छौँ । केही दिन माघीमै व्यस्त भइन्छ,’ उनले भनिन् । उनका तीन छोरा र दुुई छोरी छन् । आफन्तहरूका लागि ढिक्री, मासुु र रक्सी तयारी अवस्थामा राखेको थारूले मिसन टुुडेलाई बताइन् । मिसन टुुडे आइतबार दिउँसो रझेना बस्तीमा पुुग्दा उनको घरमा माघीको रमझम सुरु भइसकेको देखिन्थ्यो ।
बैजनाथ गाउँपालिका–७ टिटिहिरियाका विनोद थारूको घरमा माघीको रमझम बेग्लै छ । माघी नजिकिएसँगै टाढाका आफन्त आउन थालेका छन् । इष्टमित्रहरू समेत घरमा जुटिसकेका छन् । थारूले माघीको तयारीका लागि घरलाई सिँगारिएको बताए । उनको घरमा ढिक्री, मासु, माछा, घोँगीलगायत परिकार तयार गरिएको छ । उनी भन्छन्, ‘हाम्रो गाउँघर यतिबेला माघीमय बनेको छ, टाढा रहेका आफन्त, इष्टमित्र जुटिसकेका छन्, माघीको उत्साह बेग्लै खालको छ ।’
कोहलपुरको रझेना र बैजनाथको टिटिहिरिया थारू बाहुल्य क्षेत्र हुन् । यतिमात्रै होइन बाँकेका थारू बाहुल्य क्षेत्रमा माघीको रौनकले छोपिसकेको छ । बाँकेसहित बर्दिया, कैलाली, कन्चनपुर र दाङका थारू बस्तीमा माघीको रौनक सुरु भएको हो । पश्चिम तराईका थारू बाहुुल्य क्षेत्रमा माघी पर्वको रौनक सुुरु भएको छ ।
थारू समुदायमा माघी पर्वलाई पारिवारिक मिलन, सुखदुःख साटासाट, भेटघाट, नाँचगान गरेर रमाउने अवसरका रूपमा लिइन्छ । यो समुुदायमा माघीको विशेष महत्व छ । जिल्लाका विभिन्न स्थानीय सरकार, थारू संघसंस्था तथा क्लबहरूले समेत थारू समुदायको जमघट गराउने र साँस्कृतिक कार्यक्रम गर्दै आएका छन् । माघीको अवसरमा अधिकांश क्षेत्रमा माघी मिलन कार्यक्रमसमेत हुुने गरेका छन् ।
ढिक्री, घोँगी, गंगटो, बैरिक चटनी, माछा, बंगुुरको सेकुुवा, सुतही, घरैया, मदिरा माघको अवसरमा अत्यधिक प्रयोग हुने विशेष परिकार हुुन् । माघीमा थारू समुदायमा विशेष परिकारहरू रहेका छन् । तीमध्येको एक हो, ढिक्री । चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर यो परिकार तयार पारिन्छ । वाष्पीकरण गरेर पकाइने यो परिकार स्वास्थ्यका दुष्टिले पनि अत्यन्त उपयोगी मानिन्छ । घोँगी, घोँगी जलचर जीव हो ।
घोँगी विषेशगरी खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा पाइन्छ । गंगटोको परिकार थारू समुदायमा निकै नै प्रसिद्ध छ । जंगली बयरबाट तयार पारिएको बैरिक चटनी थारू समुदायमा अनिवार्य जस्तै हुन्छ । माघीको समयमा निकै महत्व राख्ने परिकार हो, मदिरा । छ्याङ, लोकल रक्सीलाई भोज भतेरमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । सुतही एक प्रकारको पानीमा पाइने जीव हो ।
सुतहीको भित्री भाग खाइन्छ । राप्ती सोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम थारू माघी पर्व थारू समुदायमा पारिवारिक मिलन, सुख दुःख साटासाट, भेटघाट, नाचगान गरेर मनाउने पर्वका रूपमा रहेको बताउँछन् । उनका अनुसार माघी थारू संस्कृतिको महत्वपूूर्ण पर्वसमेत हो । लुम्बिनी प्रदेश सभा सदस्य सन्जुुकमारी चौधरी थारू समुदायको मुुख्य पर्वका रूपमा माघी रहेको बताउँछिन् । उनका अनुसार माघीमा खानपिन, रमाइलो मात्रै नभएर बडघर चयन गर्नुका साथै गाउँको नीति नियमसमेत बनाउने चलन छ ।
यसरी मनाइन्छ माघी ?
माघी पुसको अन्तिम दिनबाट सुरु हुन्छ । पुस मसान्तका दिन सुंगुर, बंगुर काटिन्छ । थारू समुदाय संक्रान्तिदेखि धुमधामसँग माघी मनाउँछ । माघीको बेलामा तलाउ, नदी र खोलामा गएर नुहाइन्छ । सेतो चामलको टीका लगाइन्छ । घरमा आएका आफ्ना चेलीबेटीलाई विभिन्न परिकार छुट्याइन्छ ।
अभिभावकहरूले उनीहरूलाई नुन, चामल, दाललगायत कोसेलीका रूपमा छुट्याउँछन् । संक्रान्तिको भोलिपल्ट दाजुभाइ आफ्ना दिदीबहिनीलाई निसराउ दिन जाने चलन छ । पर्वका अवसरमा थारू समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतिपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्छन् ।
माघको दोस्रो दिनलाई ‘माघी डेवानी’ भन्ने गरिन्छ । त्यसदिन सबै गाउँले बडघरकोमा भेला हुन्छन् । त्यतिबेला वार्षिक गतिविधिको समीक्षा गरिन्छ । सामूहिक कामको आय–व्यय विवरण सार्वजनिक गरिन्छ । नयाँ बडघर छनोट गर्ने चलन छ । यसैबेला बडघर, चिराकी र गुरुवा छान्ने काम हुन्छ । माघी थारू गाउँमा एक साता चल्छ ।
‘पहिले र अहिलेको माघी फरक छ’
जोगी थारू
स्थानीयबासी, कोहलपुर

माघीको तयारी राम्रै छ । अरू के हुनुु मासुु भात खान्छ । रक्सी खान्छ । अहिले त बुुढेसकाल लागिगो । हामी युुवा अवस्थामा हुँदा माघीको रौनक बेग्लै खालको हुुन्थ्यो । अहिलेको र पहिलेको धेरै फरक छ ।
पहिले जस्तो माघीको माहोल अहिले कहाँ पाउँछ, पाउँदैन । हाम्रो पालामा सांस्कृतिक कार्यक्रम धेरै हुन्थे । हामी एउटा गाउँबाट अर्को गाउँमा जान्थ्यौँ । बुुढापाकासमेत खुुब रमाइलो गर्थे ।
‘माघीमा कुस्ती खेल्दा खुुब रमाइलो हुुन्थ्यो’
हाउराम थारू
स्थानीयबासी, कोहलपुर

पहिलेको जस्तो माघी अहिले चलेको छैन । खुुब रमाइलो गरेर बांगुुर, मुर्गा माथ्र्यौं ।
अहिले त्यस्तो देखिँदैन । त्यतिबेला ढिक्री, पकौडी बनाइन्थ्यो, बंगुरको मासु बनाउँथ्यौँ । सबैभन्दा माघीको रमाइलो हुन्थ्यो, कुस्ती ।
नौजवानदेखि बूुढापाकासम्म खुुब खेल्थे । हामीले कुुस्ती खेल्ने जग्गामा अहिले सडक बनेको छ । कुुस्ती दिनभर, रातभर चल्थ्यो । कसैको हाँत भाँचिन्थ्यो । कसैको खुट्टा टुुट्थ्यो । अहिले त मारपिट गर्छ ।
‘माघीको महत्व कायम राख्नुपर्छ’
विहारी थारू
स्थानीयबासी, कोहलपुर

माघी हाम्रो मुख्य पर्व हो । यसमा खानपिन, नाचगानदेखि वार्षिक समीक्षासमेत गरिन्छ ।
माघीको अवसरमा बडघरसमेत चयन गरिन्छ । पहिला यसमा सबै गाउँले उपस्थित हुन्थे । तर, अहिलेका युवाहरूले पर्वलाई खास्सै महत्व नदिएको पाएका छौँ ।
हामी युवा अवस्थामा हुुँदा माघीको रौनक अर्कै हुुन्थ्यो । अहिले हामी राज्यले दिने भत्ताको भरमा बाँचेका छौँ । माघीको महत्व लोप हुुँदै जान थालेको छ । यसको संरक्षणका लागि राज्यले ध्यान दिनुपर्छ । थारू समुदाय पनि एकजुट हुनु आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्