कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र प्रगतिशील व्यावसायिक समूहका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बिहीबार अध्यक्ष पदका लागि प्रगतिशील व्यावसायिक समूहको तर्फबाट अञ्जना धिताल र लोकतान्त्रिक व्यावसायिक समूहबाट प्रदीप भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन समितिका अनुसार प्रगतिशील व्यावसायिक समूहले अञ्जना धितालको नेतृत्वमा अगाडि सारेको समूहले पहिला मनोनय दर्ता गराएको थियो । यो समूहबाट वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र काफ्ले, उद्योगतर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सहकोषाध्यक्षमा टंक खनालले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी सदस्यका लागि कृष्ण रानाभाट, रविप्रसाद कर्माचार्य, मोतीप्रसाद सुवेदी, भवानी कँडेल, अस्मिता केसी, विक्की थापा, परिर्वतन विश्वकर्मा, राजीव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल र एकबहादुर खड्काले मनोनयन गर्ता गराएका छन् ।
यस्तै, लोकतान्त्रिक व्यावसायिक समूहले प्रदीप भट्टराईको नेतृत्वमा मनोयन दर्ता गरेका हुन् । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनारले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, सो समूहबाट सदस्यमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, राजेन्द्रप्रसाद रिजाल, शीतल योगी अधिकारी र ममता थापाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ देखि अपरान्ह्र १ बजेसम्म उम्मेदवारीउपर दाबीविरोध र २ बजेदेखि ५ बजेसम्म दाबी विरोधउपर छानबिन हुनेछ । सोही दिन नै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
१९ गते शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ । सोही दिन ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । २० गते आइतबार उम्मेदवारलाई नमुना मतपत्र वितरणको काम हुनेछ । कात्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचारप्रसारको अवधि तोकिएको छ ।
कात्तिक ३ गते बिहान ८ बजेदेखि मध्याह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग वाणिज्य संघकै कार्यालयमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्