नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले दसैँ तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
काठमाडौँ ।
नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड एलजीले दसैँ तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, २८५ लिटरभन्दा माथिको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा मिक्सर वा फ्यान हिटर, २८५ लिटर सम्मको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क प्र्राप्त गर्नेछन् ।
त्यस्तै, एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्रि इन्स्टलेसन सेवा पाउनेछन् ।
‘हामी नेपाली उपभोक्तालाई एलजीका उत्पादनहरूमार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,’ सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारीले भने, ‘यस पर्वको अवसरमा, हामीले एलजीसँस खुसीको पल अभियानमार्फत नेपाली परिवारहरूको खुसियालीमा थप उत्साह भर्न चाहेका छौँ ।’
यसका साथै कम्पनीले शून्य ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्रि एलजी सर्टिफाइड इन्स्टलेसन र फ्रि डेलिभरी सेवा पनि ल्याएको छ ।
नेपालभरि एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सले यो योजना भाद्र २३ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्