नेपालको चर्चित ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखि वाउ’ जारी गरेको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यास ब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘मनैदेखि वाउ’ अभियानअन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् ।
कोहलपुर ।
विभिन्न कम्पनीहरूले दसैँ–तिहार लक्षित ग्राहक योजना धमाधम सार्वजनिक गर्न थालेका छन् । नेपालको चर्चित ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखि वाउ’ जारी गरेको छ । ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यास ब्याक र पक्का उपहारको साथ खुसी बाँड्ने उद्देश्यसहित यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
‘मनैदेखि वाउ’ अभियानअन्तर्गत ग्राहकले ३१ हजार ५ सयसम्मको आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले टप लोडर ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड बाई साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, घरायसी उपकरण ब्राण्ड बेकोले दसैँ तिहारमा ‘ब्रिङ्ग होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बेकोका घरायसी सामान खरिद गर्दा ४१ हजार ४ सयसम्मको आकर्षक छुटका साथै हात खाली नजाने उपहारहरू ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीले बेकोको वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट, डिसवासर को खरिदमा फोरचुन ट्याबलेट, साइड बाइ साइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रिजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्रि स्टनडिङ ओवेनको खरिदमा प्रेसर कुकर र एसीको खरिदमा निःशुल्क जडानको सुविधा ल्याएको छ ।
बेको युरोपको नम्बर १ ब्रान्ड रहेको र संसारभरि १४० भन्दा बढी देशमा आफ्ना उपकरणहरू बिक्रीवितरण गर्दै आएको कम्पनीले दाबी गरेको छ । त्यस्तै, छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले दसैं, तिहार र छठ पर्वका अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ ।
‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजनाअन्तर्गत ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरिद गर्दा थाइल्यान्डको अद्भुत भ्रमणको मौका प्राप्त गर्नेछन् । यस अफरमा सहभागी हुने सबैलाई विभिन्न आकर्षक पुरस्कारहरू पाउने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
बम्पर लक्की ड्रमार्फत भाग्यशाली जोडीले थाइल्यान्ड भ्रमण जित्ने मौका प्राप्त गर्नेछन् । साप्ताहिक लक्की ड्रमार्फत विजेताले ८ हजार ५ सय ९० रुपैयाँबराबरको एयर फ्रायर जित्न सक्नेछन् । १५ दिनको लक्की ड्रमार्फत भाग्यशाली विजेताले १० हजार ७ सय ९० रुपैयाँबराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने मौका पाउनेछन् ।
क्रम्पटन ब्रान्डका पंखा, कुलर, हिटर, गिजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर र अन्य धेरै घरेलु उपकरणहरू अफरमा समावेश गरेको कम्पनीले जनाएको छ । यी सबै उत्पादनहरू गुणस्तरीय, ऊर्जा बचत गर्ने र दीर्घकालसम्म टिकाउ हुने भएकाले ग्राहकहरूका लागि ठूलो राहत र बचतको स्रोत बन्ने कम्पनीले विश्वास लिएको छ ।
यी सम्पूर्ण कम्पनीहरूको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी गु्रपले यो अभियान भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू भएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्