नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट स्रोत नखुलेको १ करोड ३० लाख नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो। आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारू, पूर्णिमा चौधरी र नेपालगन्जका हफिक अहमद पक्राउ परेका थिए ।
स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दंगेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी परेको जिप्रका बाँकेका प्रमुख एसपि सुवास बोहराले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ ।
प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरूको साथबाट भारतीय ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए ।
त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरूको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको छ । यो रकम अवैध हुन्डी कारोबारमा प्रयोग भएको हो वा होइन अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्