27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

त्रिभुवन माविद्वारा दुई शिक्षक सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका–१० मा अवस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयले दुई जना शिक्षक र एक विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार विद्यालयले आफ्नो प्रार्थना सभाको अवसरमा दुई शिक्षक र एक विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयमा निरन्तर उपस्थित भई गुणस्तर शिक्षा प्रदान गरेको भन्दै प्रध्यानध्यापक देवका बस्नेतले एमफिल होल्डर विद्यालयका संयोजक गणेशप्रसाद पौडेल र पिएचडी होल्डर शिक्षक तरुण चौधरीलाई सम्मान गरेको बताइन् । कामको उच्च मूल्यांकन गर्दै शिक्षकलाई प्रोत्साहन र हौसला प्रदान गर्न यस्ता क्रियाकलापले गद्दत पुग्ने उनको भनाइ थियो ।

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतनबहादुर बुढाले सम्मान तथा प्रोत्साहन गर्ने कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताए । उनले डिकम तर्फकी नेपालमै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रा सुनिता पुनलाई उज्ज्वल भविष्यको कामा गर्दै सम्मानित गरेका थिए ।

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०८०     7:51:20 AM  |