13 July 2024  |   शनिबार, असार ३०, २०८१

बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०  

बझाङ ।

बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्ये राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०     7:13:37 AM  |