‘मेरो कोरियन साथी’ शब्दकोष विमोचन



कोहलपुर ।
नेपाली–कोरियन भाषाको शब्दकोष ‘मेरो कोरियन साथी’ विमोचन गरिएको छ । बिहीबार एबिसी एजुकेसन सेन्टरका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक रामकृष्ण चौधरीको प्रमुख आतिथ्यमा पुस्तक विमोचन भएको हो ।सो अवसरमा बोल्दै उनले बाँके जिल्लामै पहिलो पटक कोरियन शब्दकोष पुस्तक निकाल्न सफल भएको बताए ।

यो बाँके जिल्लामा कृतिमान राख्न सफल भएको भन्दै लेखक भोपेन्द्र कुँवरलाई बधाई दिए । निकै संर्घष र मिहिनेत गरेर एउटा स्थानीयस्तरमै किताब निस्केकाले सहज र बहुउपयोगी भएको एब्रोड स्टडी कन्सल्टेन्सी सञ्चालक तथा सभापति एसबी बुढाले बताए । २२ हजारभन्दा धेरै कोरियन शब्दहरू समेटेर बनेको मेरो कोरियन साथी शब्दकोष बजारमा आजैबाट उपलब्ध रहेको उनले जानकारी दिए ।

निकै चुनौतीका बीच पुस्तक निकाल्न सफल भएको लेखक तथा कोरियन भाषा प्रशिक्षण समेत रहेका कुँवरले बताए । निकै व्यस्तताका बाबजुद खाने, सुत्ने र आराम गर्ने समय कटाएर भए पनि केही गर्ने उद्देश्यले पुस्तक निकालेको उनको भनाइ छ । जतिसुकै लेख्दा कष्ट भए पनि पुस्तक निकालेर सबैको साथ र माया पाउँदा खुसीको सीमा नरहेको उनले बताए ।

पुस्तक लेखेर आफ्नो लेबल केही भए पनि वृद्धि गर्ने हुटहुटीले मेरो कोरियन साथी शब्दकोष निकाल्न सफल भएको जानकारी दिए ।
पुस्तक अध्ययन गर्न सहज र सरल रहेको उनले बताए । पुस्तक प्रकाशन तथा विमोचन गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरे ।

प्रशिद्ध एजुकेशन कन्सल्टेल्सी र एमबिडी कम्प्युटर इन्स्टिच्युटको आयोजमा पुस्तक विमोचन गरिएको हो । सो अवसरमा विद्यार्थीलगायतको बाक्लो उपस्थित रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार