27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

दिव्य विद्या सदनले मनायोे १८औँ वार्षिकोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०८०  

कोहलपुर ।
कोहलपुर नगरपालिका–१० स्थित दिव्य विद्या सदन माध्यमिक विद्यालयले १८औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहीबार कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीको प्रमुख अतिथ्यमा वार्षिर्काेत्सव तथा अभिभावक दिवस मनाइएको हो । सो अवसरमा बोल्दै उनले दिव्य विद्या सदनको समग्र क्रियाकलापहरू हेर्दा पठान पाठन् मात्रै नभई अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको पाइएको बताइन्।

विद्यार्थीहरूले राखेका प्रदर्शनी देख्दा साँच्चिकै अतिरिक्त क्रियाकलाप र प्रतियोगितामा समेत विद्यालय उत्कृष्ट रहेको उनको भनाइ छ ।
अभिभावक र शिक्षकहरूले विद्यार्थीको रुचि अनुसार पठान पाठ्न गरे दक्ष जनशक्ति विद्यालयबाटै उत्पादन हुने उनले बताइन् । विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूका लागि विषयगत शिक्षासँगै नैतिक शिक्षाको आवश्यक पर्ने उपप्रमुख सुवेदीले बताइन् ।

कोहलपुरलाई शैक्षिक हब बनाउन नगरपालिकाले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा जोड दिएको उनले बताइन् । शैक्षिक र गुणस्तरीय शिक्षा प्रदान गर्न सबैभन्दा धेरै बजेट शिक्षामा विनियोज गरेको उनको भनाइ छ । शिक्षाबिना समाज शिक्षित हुन नसक्ने स्मरण गराउँदै उनले संस्थागत र सामुदायिक विद्यालयबीच आपसी समन्वय हुनु आवश्यक रहेको बताइन् । सबै सरोकारवालाबीच शैक्षिक क्षेत्र विकासका लगिर सहकार्य आवश्यक भएको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलले दिव्य विद्या सदनले विगत देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्न अहोरात लागि परेको बताए । १८औँ वर्षसम्म पुग्दा विद्यालयले विभिन्न बाधा अवरोध झेल्दै यो स्थानसम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले शिक्षा क्षेत्रको विकास आवश्यक रहेको बताए ।

उनका अनुसार कोहलपुरमा गुणस्तरीय शिक्षा र सक्षम विद्यार्थी उत्पादन गर्नका लागि परीक्षा प्रणाली सुधार गरिने उनको भनाइ छ । दिव्य विद्या सदन कोहलपुर क्षेत्रको नमुना विद्यालय भएको एन प्याव्सनका केन्द्रीय सदस्य श्याम कुँवरले बताए । कोहलपुरलाई शैक्षिक हब बनाउन संस्थागत विद्यालयसँग सहकार्य अपरिहार्य रहेको केन्द्रीय सदस्य कुँवरको भनाइ रहेको थियो । अब विद्यालयहरूले परम्परागत रूपमा नभई समय सुहाउँदो शिक्षामा जोड दिन आवश्यक रहेको बताए ।

दिव्य विद्या सदनले समय सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरिएका विद्यालयका प्रधानध्यापक नारायण पंगेनीले जानकारी दिए । प्रविधिको युग भएकाले आगामी शैक्षिक सत्रदेखि स्मार्ट बोर्ड जडान गरिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा विद्यार्थीहरूले टावर, स्वयम्भू बन्दुकका साथै अन्य विभिन्न सामग्री र दुना टपरी प्रदर्शनी गरेका थिए ।

सो अवसरमा अवसरमा विभिन्न विद्याहरूमा प्रथम विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरूले विविध संस्कृति झल्काउाने नृत्यसमेत प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०८०     7:48:32 AM  |