कोहलपुर ।
नेत्रहीन क्रिकेट संघ नेपालद्वारा कोहलपुरमा आयोजित नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ मा बर्दिया नेत्रहीन क्रिकेट संघ र कञ्चनपुर दृष्टिविहीन क्रिकेट संघ फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको सोमिफाइनल खेलमा विजय हासिल गर्दै दुवै टिम फाइनलमा पुगेका हुन् ।
आइतबार भएको सेमिफाइनलको पहिलो खेल कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) र बर्दिया नेत्रहीन क्रिकेट संघबीच भएको थियो।
कर्णालीले टस जितेर फल्डिङ रोजेको थियो । कर्णालीले बर्दियाका लागि १५४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जबाफी व्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै १५५ रन बनाएको थियो । एक रनले बर्दियाले जित निकालेको थियो ।
त्यस्तै, आइतबारै भएको दोस्रोे खेल दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुर र लुम्बिनी नेत्रहीन क्रिकेट संघ रुपन्देहीबीच भएको थियो । लुम्बिनीले टस जितेर व्याटिङ रोजेको थियो । लुम्बिनीले कञ्चनपुरका लागि ६ विकेटको क्षतिमा १९३ रनको लक्ष्य दिएको थियो ।
कञ्चनपुर जबाफी व्याटिङ गर्दै १८.२ टार्गेट पुरा गर्दै ७ विकेटले विजयी भएको छ । यस जितसँगै नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को फाइनलमा सोमबार बर्दिया र कञ्चनपुर भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्