27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

गोरखा स्कुलले मनायो ११औँ अभिभावक दिवस (फोटो फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २८, २०८०  

कोहलपुर ।
गोरखा युनाइटेड पब्लिक स्कुलले ११औँ अभिभावक दिवस मनाएको छ । शनिबार पञ्चेबाजा र ¥यालीसहित गोरखा युनाइटेड पब्लिक स्कुलले अभिभावक दिवस मनाएको हो ।

११औँ अभिभावक दिवसको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष ब्रह्माकुमारी दुर्गा शर्र्माले पानसमा बत्ती बालेर र परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिइन् । सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अथितिसमेत रहेकी शर्माले संस्कारसहितको शिक्षा आवश्यक रहेको बताइन् ।

पछिल्लो समय बालबालिकामा सामाजिक सञ्जाल र मोबाइलको लत बसेकाले यसले नकारात्मक असर पु¥याउने भन्दै उनले यसबाट बालबालिकालाई टाढा राख्नुपर्ने बताइन् । आफ्ना सन्तानको भविष्य बनाउने र बिगार्ने जिम्मा अभिभावकको हातमा हुने भएकाले विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरिन् ।

गोरखा युनाइटेड पब्लिक स्कुलले संस्कारसहितको शिक्षा प्रदान गरेको विद्यार्थीहरूको आनीबानीमा सहजै देख्न पाएको भन्दै उनले अभिभावक दिवसको शुभकामनासमेत दिइन् । विद्यार्थीहरूलाई किताबी घोकन्ते विद्यामात्र नभई व्यावहारिक ज्ञान दिनेतर्फ पनि गोरखा स्कुले अग्रसरता देखाएकोे उनले बताइन् ।

शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नु गोरखा युनाइटेड पब्लिक स्कुलको उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले बताए । संस्कारबिनाको शिक्षाको कुनै अर्थ नरहने उनको भनाइ थियो । विद्यालयले अहिलेको समय परिस्थिति र युग सुहाउँदो प्रविधिमार्फत शिक्षा प्रदान गर्न जरुरी रहेको कार्यक्रमका सभापतिसमेत रहेका आलेले बताए ।

गोरखा युनाइटेड पब्लिक स्कुलले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको विद्यालय प्रधानाध्यापक साधाना थापाले बताइन् । स्माटबोर्ड, कम्प्युटरलगायतका विषय समेटेर विद्यालयले पञ्चवर्षीय कार्ययोजना बनाएर अघि बढेको र त्यसअनुरूप शिक्षा प्रदान गर्ने उनले जानकारी दिइन् । आगामी दिनमा विद्यार्थी संख्या थोरै भए पनि दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उनको भनाइ छ ।

सो अवसरमा कक्षा ९, १० ११ र १२ का विद्यार्थीहरूले मार्चपास गरेका थिए । त्यस्तै, आधारभूत तहका विद्यार्थीले क्रमशः कक्षागत नृत्य, एरोबिक, योगा, फेन्सी ड्रेस, पिटी तथा ड्रिल र तेक्वान्दोको प्रस्तुति दिएका थिए ।अभिभावक दिवसका अवसरमा २०७९ सालको एसइई र कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यार्थी, शिक्षक÷शिक्षिका र अभिभावकबीच महिला र पुरुष भलिबल प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
सो अवसरमा अथितिहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै विभिन्न विधाका विजेताहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, माघ २८, २०८०     9:49:39 AM  |