8 September 2024  |   आइतवार, भदौ २३, २०८१

भ्रष्ट्राचार पुष्टि भए कारबाही हुन्छ, उपभोक्तालाई शुद्ध खानेपानी पु¥याउँछौंः भूषाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०  

टेक नारायण भूषाल (अध्यक्ष पदका उम्मेदवार । कोहलपुर खानेपानी)

कोहलपुर खानेपानी संस्था जर्जर अवस्था छ ? तपाईले यस्तो अवस्थामा आफ्नो उम्मेदवारी किन दिनु भयो ?

तपाईले अहिले हेर्नु भयो भने स्थानीय तहपछिको प्रत्यक्ष ५३ सय जनतासँग जोडिएको एक मात्र संस्था हो । ती उपभोक्तासँग जोडिएर गुणस्तरीय सेवा दिन र स्तरवृद्धि गर्न मैले नेतृत्व गर्नु पर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ ।

चुनाव प्रचारका क्रममा उपभोक्ता माझ पुग्दै गर्दा के कस्तो पाउनु भयो ?

चुनावमा जाँदै गर्दा हामी घर दैलो गयो । अहिले जनता र उपभोक्ता माझ जानु भयो भने साँच्चिकै दयनीय अवस्था छ । उपभोक्ताले दश हजार उठाएर खानेपानीलाई जम्मा गरेको अवस्था छ तर, त्यो टोलमा पानी छैन । कोहीले सहकारीको ऋण निकाली तिरेका छन् धारा जडान छन्, तर पानी पाएका छैनन् । कोहलपुर खानेपानीको बेथिती लापरवाही गरेको पाए । उपभोक्तालाई दिनुपर्ने सेवा दिएका छैनन् ।

घरदैलो गर्दा देखेका समस्या समाधान गर्न के गर्नु हुन्छ ?

पहिला बाटो घाटोमा पानी दिने चलन संस्कार थियो । तर, अहिले हाम्रो उद्वेश्य के हो भने, धारा जडान गरे गर्न चाहेकालाई शुद्ध सफा खानेपानी दिने पहिलो प्रथामिकता हो । खानेपानीका समस्यालाई दिर्घकालिन समस्या समाधान गर्न विहान बेलुका उपभोक्ताका घरमा पुग्नेछौं ।

धारा जडान भएका ठाउँमा पानी र यसको विस्तार कसरी गर्नु हुन्छ ?

सरसर्ती हेर्दा पहिला गाडिएका बोरिङ्ग फेल रहेको देखियो । जम्मा ४ वटा बोरिङ्गमा पानी आएको छ । कोहलपुरमा झन्डै ३० लाख लिटर पानीको आवश्यक रहेको मेरो आंकलन छ ।

अहिले खानेपानीले झन्डै आधाको हाराहारीमा पानी उपलब्ध गराइरहेको छ । पानी जडान गर्दा चुनढुंगा, फोहरहरू जाँदा पाइप जाम भएको देखियो । त्यसैले पानी सहज रूपमा जाहोस् भनेर हामी पहिला यसको सरसफाइ गर्छौं ।

करोडौंको रकम हिनामिना छ यसलाई कसरी लिनु भएको छ ?

आर्थिक रूपमा हेर्दा साधारण सभा भयो । त्यसमा दुरूपयोग भएको छ भने पछि आर्थिक प्रतिवेदन पास भएन । त्यहीबाट जाँचका लागि पाँच सदस्य छानविन समिती गठन गरियो । त्यसपछि के कुरा बाहिर आयो भने, निश्चित पनि अनियमियता भएको छ ।

हामी त्यहाँ सेवा गर्न जाने हो । त्यहाँ त के देखियो भने, एउटा कर्मचारीले नेपाल सरकारको जस्तो पोशाक, बीमा लगायत सेवा सुविधा लिएको देखियो । यसले गर्दा संस्थालाई आर्थिकरूपमा हानी पु¥याएको देखिन्छ । अर्काे सामान किन्न पेश्की लिने तर सामान पुगे नपुगेको थाहा नहुँदा पनि अनियमियता देखिएको हो ।

No description available.

लोकतान्त्रिक प्यानललाई विश्वास गर्ने आधार के छन् ?

हाम्रो नारा के छ भने, शुद्ध सफा र प्रशोधित पानी युवा नेतृत्न र कोहलपुरमा सहज पानी खानेपानी भन्ने नाराका साथ गएका छौं । हामी त्यहाँ जादा सेवा सुविधा लिने छैनौं ।

हामी त्यो देखाउन चाहान्छांै भने आर्थिक रूपमा हामी संग्लन्न हुने छैनौं । हिजो भएका आर्थिक अनियमियता भएको पाइयो । जो कोहीलाई कानुन अनुसार कारवाही गर्छौ । हामी पनि गर्दैनौं । अरूलाई पनि छाड्दैनौं ।

नयाँ योजना के के छन् ?

सामान्य कुराको समाभान नखोजेर हामी ठूलो प्लान खोज्दैनौं । हाम्रो योजना के हो भने अहिले भएका डिप बोरिङ्गबाट कसरी धेरै भन्दा धेरै पानी तान्न सकिन्छ, पाइप लाइनहरूलाई कसरी सफा र विस्तार गर्ने पहिलो प्रथामिकता दिई ताकी उपभोक्ता धारमा पानी पु¥याउने पहिलो उद्देश्य र प्रथामिकता दिन्छौं ।

प्राकृतिक रूपमा पानी सुक्दै छ । यसको दिर्घकालिन समस्याको लागि स्थानीय प्रदेश सरकारसँग सहकार्य गर्न आवश्यक छ । भएकोलाई सही सदुपयोग गर्ने र आवश्यक पिड बोरिङ्ग बनाउन आवश्यक छ । कोहलपुरको सबै वडामा अहिले पनि पानी पु¥याउन सकेको छैन् । हामी तत्काललाई विकल्पको रूपमा सिचाईँ सिक्टालाई लिन सकिने छ । हामीले ५० वर्षसम्मको लागि योजना बनाउन आवश्यक छ ।

 

प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०     6:47:25 PM  |