नेपालगन्ज (बाँके), ३ जेठ
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका संस्थालाई आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तावित कार्यक्रम र बजेट पेस गर्न नगरले पत्राचार गरेको छ । जेठ २४ गतेभित्र प्रस्तावित कार्यक्रम र बजेट पेस गर्न नगरले पत्राचार गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आसन्न नगरसभाको अधिवेशनबाट २०८०÷०८१ को नगर विकास योजना तयारी गर्ने क्रममा रहेकाले स्थानीय तहको योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७४ को दफा ५ बमोजिम यस उपमहानगरपालिकाको नीति र मान्यताभित्र रही संस्थाको आफ्नो स्रोत वा दातृ निकायको स्रोतबाट कार्यक्रम सञ्चालन गर्न चाहने राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका संस्थाले कार्यक्रम सञ्चालन गर्नु पूर्व नगरसभाबाट कार्यक्रम पारित गराउनु पर्ने प्रावधान भएबमोजिम प्रस्तावित कार्यक्रम र बजेटको माग गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बताए ।









प्रतिक्रिया दिनुहोस्