बर्दिया ।
नाकको प्वालभित्र लागूऔषध ब्राउन सुगर लुकाएर आउँदै गर्दा बिहीबार नेपाल प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतबाट नाकको प्वालभित्र लुकाईछिपाई २ सय ८० मिलीग्राम ब्राउन सुगरसहित बढैयाताल गाउँपालिका—८ कण्ठपुरस्थित पैदल आइरहेका गुलरिया—६ का २३ वर्षीय बब्लु राढलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।
राढलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।
प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्