वागेश्वरी क्याम्पसका विद्यार्थीलाई लागु औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण



कोहलपुर : इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले आज वागेश्वरी क्याम्पसका विद्यार्थीका माझ लागु औषध दुर्व्यसन रोकथाम र साइबर अपराध विरुद्ध सचेतनामूलक सामग्री प्रस्तुतीकरण गरेका छन् ।

उक्त सचेतनामूलक कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दानबहादुर हमालले गरेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरू आफै सचेत हुन र समाजमा हुने आपराधिक कार्य रोक्न मद्दत गर्ने भएकाले आफूहरूको अभियानम सहयोग गर्न तिवारीले अनुरोध समेत गरे ।

स्ववियु सभापति देवेन्द्र बहादुर बुढाले आफू विद्यार्थीको औपचारिक शिक्षा र व्यवहारिक ज्ञानको विकासमा हुने हरेक रचनात्मक कार्यमा सहयोग गर्न तयार रहेको बताए । क्याम्पसका पूर्व प्रमुख खगराज पन्तसहितका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी, सय बढी विद्यार्थी, दर्जन बढी सुरक्षाकर्मीको उपस्थिति रहेको कार्यक्रम प्रमोद सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको थियो ।

कार्यक्रम निकै व्यवहारिक भएको भन्दै क्याम्पस प्रमुख हमालले आगामी दिनमा पनि यस्तै रचनात्मक काममा हातेमालो गर्न आफूहरू तयार रहेकोभन्दै इप्रका प्रमुख डीएसपी तिवारी र टिमलाई विशेष आभार व्यक्त गरे । कार्यक्रमको सहजीकरण क्याम्पसका उप प्राध्यापक, साहित्यकार पुष्करनाथ रिजालले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार