नेपालगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु



नेपालगन्ज ।

नेपालगन्जको पुरैनीमा टिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

आज दिउँसो साढे १ बजे नेपालगन्ज वडा नम्बर २२ स्थित कान्तितालको गेट अगाडि भे १ ख २२७१ नम्बरको टिपरले युपी ४० जे १ २१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिदा ती भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जबाट कम्दीतर्फ जाँदै गरेको तिब्र गतीमा रहेको उक्त टिपरले विपरीत दिशाबाट नेपालगन्ज आउँदै गरेको मोटरसाइकललाई ठक्करबाट दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। ठक्करबाट मृत्यु हुने भारतीय नागरिकको नाम खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार