हुम्लामा चार दिनदेखि उडान प्रभावित



खुमबहादुर रावत
हुम्ला, हिमाली जिल्ला हुम्लामा लगातार चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम बदली हुँदा नेपालगन्जलगायत क्षेत्रबाट हुम्लामा हुने हवाई सेवा पूर्णरुपमा बन्द भएका हुन् ।


हुम्लामा लगातार वर्षाले नेपालगन्ज र सुर्खेतबाट हुने नियमित उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन् । हुम्लालाई अन्तरजिल्ला जोड्ने एक मात्र माध्यम हवाई सेवा हो । चार दिनदेखि उडान प्रभावित हुँदा हुम्ला जाने यात्रुहरु नेपालगन्ज र सुर्खेतमा रोकिएका छन् भने हुम्लाबाट अन्य जिल्ला जानेहरु सिमकोटमा अलपत्र परेका छन् ।
नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट, सीता र नेपाल एयरलाइन्सले उडान भर्छन् । पछिल्लो समय उडान नहुँदा हुम्लाका लागि अत्यावश्क दैनिक उपभोग्य सामग्री पनि ढुवानी हुन सकेका छैनन् । मौसम बदली हुँदा नियमित उडान प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार