कोहलपुरमा युवती मृत फेला, अनुसन्धानको लागि श्रीमानसहित तीन पक्राउ



बाँके ।

बाँकेको कोहलपुर नगरपालिका– २ बर्दहवामा एक २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय २० वर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले पनि युवती मृत फेला परेको पुष्टि गरे । मृत फेला परेपनि घटना शंकास्पद रहेको उनले मिसन टुडेलाई जानकारी दिए ।

‘मृतकले आत्महत्या गरेको हो की हत्या नै हो भन्ने कुरा पोस्टपार्टम् रिपोर्ट आएपछि खुल्छ’ डीएसपी तिवारीले भने, ‘घटना शंकास्पद भएकोले तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’ कोहलपुर प्रहरीले श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

क्राइम सीन अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सुक्ष्म रुपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । मृतकका माइती पक्षले भने घरपरिवारले प्रितिको हत्या गरेको बताएका छन् ।

घटनाको दिन बिहान समेत श्रीमानसहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार