नेपालगन्ज ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने भएका छन् । धर्मपत्नी कोमल, छोरी प्रेरणा र बुहारी हिमानीसहित नेपालगन्ज आएका पूर्वराजाको परिवार महाआरतीमा सहभागी हुने कार्यक्रम छ ।
बागेश्वरी मन्दिरमा महाआरती हुन थालेपछि दर्शनार्थीहरु हरेक सोमबार ठूलो संख्यामा मन्दिरमा भेला हुने गरेका छन् ।
पूर्वराजा महाआरतीमा सहभागी भएपछि उक्त अनुष्ठानले थप चर्चा पाउने अपेक्षा गरिएको छ । बागेश्वरी मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास गर्न महाआरती सहायकसिद्ध हुने विश्वास गरिएको छ ।
पूर्वराजालाई वैशाख २० गते नेपालगन्जमा पनि अभिनन्दन गर्ने तयारी राजावादी राजनीतिक दल तथा हिन्दु धार्मिक संघसंगठनहरुले गरेका छन् ।
पूर्वराजा नेपालगन्जलाई केही समय केन्द्र बनाएर कर्णाली र सुदूरपश्चिमको विभिन्न जिल्लाको भ्रमणसमेत गर्ने तालिका रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्