कोहलपुर: दुई दिने निःशुल्क उद्घोषणकला तालिम सम्पन्न भएको छ । कोहलपुरमा सुरु भएको छ । कोहलपुर जुनियर जेसिसको आयोजनामा सुरु भएको तालिम सम्पन्न भएको हो । शुक्रबार उक्त कार्यक्रमको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले उद्घाटन गरेकी थिइन् ।

कोहलपुर जुनियर जेसिस वर्ष २०२३ का अध्यक्ष यमु कँडेलको अध्यक्षतामा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन सत्रमा बोल्दै उपप्रमुख सुवेदीले उद्घोषणकलाले जीवन सहज हुनेछ । उनले तालिममा सिकेका कुरा लागू गर्न सम्पूर्ण सहभागीहरुलाई आग्रहसमेत गरिन्छ ।
‘ यो पनि एउटा कला हो । यसको सही सदुपयोग गर्न सक्यो भने राम्रो प्रगति गर्न सकिन्छ । कलाको विकासका साथै क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिम सार्थक भयो होला भन्ने अपेक्षा गरेकी छु, ’ सुवेदीले भनिन् । आफूपनि जेसिसबाट माथि उठेकोको समेत उनले बताइन् ।
तालिमको समापनमा बोल्दै जुनियर जेसिस वर्ष २०२३ का अध्यक्ष यमु कँडेलले व्यक्तिको क्षमता विकास तथा कुशल उद्घोषक उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए ।
सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायतमा निर्धक्कका साथ आफना भनाई राख्न सक्ने जनशक्ति उत्पादन हुने विस्वास उनले व्यक्त गरेका छन् । तालिममा कोहलपुर जेसिस बर्ष २०२३ का अध्यक्ष धुव्र आचार्य ,कोहलपुर जेसिस पुर्व अध्यक्ष अध्यक्ष गणेश बिष्ट लगाएतको उपस्थिति रहेको थियो । तालिमको मुख्य प्रशिक्षकमा जेसिस बर्ष २०२२ का अध्यक्ष ईश्वर शर्मा रहेको थिए । दुई दिने निःशुल्क उद्घोषणकला तालिममा ४० जना सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्