कोहलपुर : कोहलपुरमा एकदिने वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । डेक नेपालद्धारा सञ्चालित फ्युचरमेकर्स परियोजना अन्तर्गत एक दिने वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो ।
उक्त परियोजना स्ट्याण्डर चार्टर फाउण्डेसनको आर्थिक सहयोग र सविएम ग्लोबलसँगको साझेदारीमा बाँकेका दुई पालिका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित छ ।

डेक नेपालका परियोजना संयोजक पारस विकका अनुसार पारिवारिक तथा व्यवसायिक वित्त परिचालन तथा व्यवस्थापन सम्बन्धी ज्ञान र सीप विकासका हेतुले सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
उनले तालिममा ५७ जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको बताए । मुख्य सहजकर्ताका रुपमा स्ट्याण्डर चार्टर बैंक नेपालका जगग्नाथ ढुंगेल, द्रोणप्रसाद आचार्य र सुदन प्रजापति रहेका थिए । सो कार्यक्रममा सांकेतिक दोभासेको व्यवस्था गरिएको थियो । परियोजनाले अपांगता भएका व्यक्तिहरुका विभिन्न सवालमा काम गरिरहेको डेक नेपालले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्