कोहलपुर : कोहलपुर कपडा व्यवसायी संघको भित्रेपात्रो विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच संघको आयोजनामा नववर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरिएको हो । एक औपचारिक समारोहका बीच कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले भित्तेपात्रो विमोचन गरेकी हुन् ।
उक्त कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी उनल व्यवसायिक हकहितका लागि काम गर्नुपर्ने बताइन् । उनका अनुसार स्थानीय सरकार व्यवसायीहरुको हितमा काम गर्न सधै तयार रहेको छ । उनले नगरपालिकाले व्यवसायीहरुलाई ५० प्रतिशत करमा छुट दिइएको उनले बताइन् । उनले भनिन्,‘व्यवसायीहरु अहिले समस्यामा छन् । बैंकले दुःख गरिरहेका छन् । यसमा आगामी दिनमा संयमित भएर अघि बढ्नुपर्छ ।
नगरपालिका र व्यवसायी मिलेर सबै अघि बढ्नुपर्छ ।’ यस्तै नेकपा एमाले कोहलपुरका अध्यक्ष नमप्रसाद शर्माले कोहलपुर क्षेत्रका सम्पूर्ण व्यवसायीहरु एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका थिए । विभिन्न वस्तुगत संघहरु व्यवसायिक हितका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए । यस्तै कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुर अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले व्यवसायीहरु समस्यामा रहेको बताए ।
राज्यको गलत नीतिका कारण व्यवसायिक क्षेत्र धरासायी बन्न पुगेको उनले बताए । अध्यक्ष पौडेलका अनुसार संघ व्यवसायिक हितका लागि गत असोजदेखि चरणबद्ध आन्दोलनमा रहेको छ । ‘अहिले हामी समस्यामा छौँ । समस्या समाधानको लागि पहल गरिरहेको छ ।
राज्यले अझै पनि हाम्रो विषयमा सोचेन भने झन समस्या हुन्छ । त्यसैले व्यवसायिक एकता आवश्यक छ,’ उनले भने । उक्त अवसरमा बोल्दै कोहलपुर कपडा व्यवसायी संघ, बाँकेका अध्यक्ष राज कुमार पौडेलले संघले कपडा व्यवसायीहरुको हकहितमा काम गर्दै आएको बताएका थिए । उक्त अवसरमा संघमा आवद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्