नेपालगन्ज (बाँके),
मुस्लिम धर्मालम्बीहरूले आज (शनिबार) पवित्र चाड इद उल फित्र मनाउँदै छन् । मुस्लिम धर्मालम्बीहरूले एक महिना लामो रमादान पर्व(रोजा) पूरा भएको खुसियालीमा इद उल फित्र मनाउँछन् ।
करिब एक महिना कठिन ब्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ । उक्त समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न र हेर्न पनि नहुने कडा नियम छन् । रमादान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ । इद उल फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम समुदायहरू पवित्र भइ नयाँनयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महŒवपूर्ण योगदान पु¥याएको धम्बोझी मस्जित व्यवस्थापन समितिका अध्यक्ष पिन्तु सिद्दीकीले जनाए । ‘यतिबेला इदको रौनक छाएको छ,’ उनले भने, ‘शुक्रबार साझ रोजा सकिन्छ र शनिबार इद मनाइन्छ ।’
रोजा सुरु भएपछि शुक्रबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो । रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको नेपालगन्जका सदरे आलमले जनाए । तीन दिनसम्म मनाइने यस पर्वमा दिनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्