नगर युवा र बाल सञ्जालको स्मारिका प्रकाशन



कोहलपुर, कोहलपर नगरस्तरीय युवा क्लब सञ्जाल र नगरस्तरीय बाल सञ्जालको प्रथम स्मारिका प्रकाशन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच युवा क्लब सञ्जाल र बाल क्लब सञ्जालको प्रथम स्मारिका प्रकाशन गरिएको हो ।


उक्त स्मारिका कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, कोहलपर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललगायतले स्मारिका विमोचन गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सामाजिक विकास समितिका संयोजक विश्वकर्माले युवा सञ्जालको स्मारिका विगतमा गरिएका कामहरुको संगालो रहेको बताए । स्मारिकामा नगर क्षेत्रमा गरिएका क्रियाकलाप उल्लेख गरिएकाले स्मारिका महŒवपूर्ण रहेको उनको भनाइ छ ।

नगर युवा सञ्जाल नगरपालिकाका नीति तथा कार्यक्रमअनुसार सहयोगी संस्थाका रुपमा कोहलपुरको समृद्धिका लागि निरन्तर लागि परेको उनले बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगर युवा सञ्जालका अध्यक्ष रमेश वरले स्मारिका आफूहरुले समाजको लागि गरेका क्रियाकलापहरुको दस्तावेज रहेको बताए ।

स्मारिकामा नगर सञ्जालले गरेका क्रियाकलापहरु समेटिएका छन् । आफूहरुले कोहलपुर नगर क्षेत्रमा समाजमा रहेका समस्या समाधानका लागि गरिएका पहल, जनचेतनामूलक कार्यक्रमहरु समेटिएको उनको भनाइ छ । उनले नगरपालिकाको सहयोगमा युवा सञ्जालमा कोहलपुरको सामाजिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । उक्त अवसरमा नगर युवा तथा बाल सञ्जालका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार