इन्धनको मूल्य घटेपनि घटेन कार्गाे भाडा



नेपालगन्ज ।

नेपाल आयल निगमले चैत २० गते हवाई इन्धनको मूल्यमा १० रुपैयाँ घटायो । इन्धनको मूल्य घटेको अर्काे दिन नै वायुसेवा सन्चालक संघले हवाई यात्राको भाडा समायोजन ग¥यो । तर, इन्धनको भाडा घटेपनि कार्गाेको भाडा भने घटेन । वायु सेवा कम्पनीहरुले इन्धनको मूल्य घटेको दुई हप्ता हुन लाग्दा पनि पुरानै भाडादरमा कार्गाे सेवा दिइरहेका छन् ।

काठमाडौंको न्यूनतम एक सय ५० रुपैयाँ प्रतिकेजि कार्गाे भाडा लिने गरेका एयरलाइन्सले कर्णालीका जिल्लाहरुका लागि भने एक सय ८० रुपैयाँसम्म लिइरहेका छन् । यो भाडामा पनि एकरुपता छैन ।

एयरलाइन्सहरुले सर्वसाधारणले पठाउने कार्गाेमा हुम्लाका लागि प्रतिकेजी एक सय ८०, डोल्पाका लागि प्रतिकेजी एक सय ४० एवं मुगु, जुम्ला र बाजुरका लागि प्रतिकेजी एक सय ३० रुपैयाँ कार्गाे भाडा लिइरहेका छन् । अझ यात्रुहरुले आफूसँग लैजाने सामान १५ केजीभन्दा कढी वजनको भएका त्यसलाई ‘एक्स्ट्रा ब्यागेज चार्ज’कोरुपमा एयरलाइन्सहरुले अतिरिक्त शुल्क पनि लिन्छन् ।

उक्त शुल्क कार्गाे भाडाभन्दा झनै चर्काे रहेको छ । हुम्लाको एक्स्ट्रा ब्यागेज चार्ज तीन सय रुपैयाँ प्रति केजी रहेको छ भने, डोल्पाको दुई सय एवं मुगु, जुम्ला र बाजुराको एक सय ९० रुपैयाँ रहेको छ । कर्णालीवासीले नेपालगन्जबाट खाद्यान्नदेखि व्यवसायिक सामानहरु पनि हवाई मागबाट ओसार पसार गर्नुपर्ने बाध्यता छ । हवाई मार्गबाट सामान ओसार पसार गर्न चर्काे मूल्य चुकाउनुपरिरहेको छ । तर, इन्धनको मूल्य घटेर यात्रुको भाडा समायोजन गरिँदा कार्गाेको भाडा भने समायोजन गरिएन ।

कार्गाे सेवा व्यवसाय गरिरहेका व्यवसायीहरु आफूहरुको एयरलाइन्ससँग सम्झौताअनुसार नै हुने गरेको बताउँछन् । सम्झौताअनुसार नै भाडा निर्धारण हुने भएकोले कार्गाे सेवा प्रदान गर्ने व्यवसायीहरुलाई भाडा नघट्दा असर नपरेपनि सर्वसाधारणलाई भने इन्धनको मूल्य घटेको लाभ मिल्न सकेको छैन ।

सिता एयरलाइन्सका पतिनिधि मनोज भारतीले यात्रुको भाडा घटेर आएपनि कार्गाेको भाडा नघटाइएको बताए । बुद्ध एयरका विनित शाहले अहिले कार्गाेको भाडा तुलनात्मकरुमा सस्तो नै नरहेको बताए । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेशप्रसाद खनाल एयरलाइन्सको भाडाका विषयमा आफूहरुले केही भन्न नमिल्ने बताउँछन् । वायुसेवा सन्चालक संघले भाडा निर्धारण गर्ने गर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार