21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

वर्षमान पुनको आमालाई गोली प्रहार गर्ने हवलदारलाई लगियो प्रहरी हेडक्वार्टर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०८०  

काठमाडौँ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवलदारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ ।

आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

 

प्रकाशित मितिः शनिबार, बैशाख २, २०८०     9:36:35 AM  |