4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०८०  

काठमाडौं ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले बतायो ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् ।

उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नेता पुन भने उपचारका लागि चीनमा छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०८०     9:21:53 AM  |