कोहलपुर,
नयाँ वर्षको पूर्वसन्ध्या पारेर कोहलपुरमा भव्य सांस्कृितक कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० सालको पूर्वसन्ध्यामा स्थानीय दशबिगाह युवा क्लवको आयोजनामा बिहीबार कोहलपुर हवल्दारपुरमा हुने भएको हो ।
हवल्दारपुरमा रहेको ह्याप्पी वल्र्ड फन पार्कमा आयोजना हुने सांस्कृतिक कार्यक्रमको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
अपरान्ह ६ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने सांगीतिक कार्यक्रमको विशेष आकर्षणका रूपमा लोकप्रिय लोक गायिका प्रिती आलेसहित स्थानीय यात्रा ब्याण्डलगायतका चर्चित नृत्यांनाहरूको सांस्कृतिक प्रस्तति रहने आयोजक क्लवका अध्यक्ष सुरेश अधिकारीले बताए ।
प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्