16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राष्ट्रिय युवा संघ नेपालका महासचिव,क्षितिज थेबे भन्छन् : ‘हामीले लिने नीतिले युवाहरुको धड्कन बोल्नुपर्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९  

युवा संघको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव, उपाध्यक्ष, संगठन विभाग प्रमुख, अन्तरजिल्ला उपाध्यक्ष, अन्तरजिल्ला अध्यक्षलगायत विभिन्न महŒवपूर्ण भूमिका निर्वाह गरेपछि मैले अहिले यस संठगनको महासचिवको रुपमा जिम्मेवारी निभाइरहको छुँ । संगठनका विभिन्न तहमा रहँदा मैले बुझेको कुरा के हो भने युवा संघ जति सबल र चलायमान युवा संगठन अरु छैन ।

तर, पर्टी एकीकरण भइ नेकपा बनेपछिको समयमा संगठनको व्यवस्थापनमा केही समस्या थियो । हामीले जिम्मेवारी पाइसकेपछि दुई महिनामा हामीले ६० वटा जिल्लाका जिल्ला कमिटीहरु गठन ग¥यौं । जिल्ला अधिवेशन, पालिका तथा वडा कमिटी निर्माण भए । कमिटीहरु गठन नभएको अवस्थामा पनि युवा संघ चलायमान थियो । कमिटीहरु गठन भइसकेपछि संगठनले झन प्रभावकारीरुपले आफ्ना गतिविधिहरु अगाडि बढायो । त्यही भएर हामी बाघ संगठनका रुपमा छौं ।
युवा संघका गतिविधिहरु सधैं रचनात्मक र सिर्जनाशिल रहे । हामीले कोरोनाका कारण लकडाउन भएका बेला सर्ट मुभि कम्पिटिशन गरायौँ ।

टिकटक प्रतियोगिता गरायौँ । सरसफाइ कार्यक्रम ग¥यौँ । सबैभन्दा बढीजनाले रक्तदान गरेको रेकर्ड बनाएको छ युवा संघले । हामी युवाहरुका समस्याका सवालमा जहिल्यै अग्रपंक्तिमा रहेर काम ग¥याँै । पासपोर्ट र लाइसेन्स दिने कार्यालयमा हुने ढिलासुस्ती र अनियमितताका विरुद्ध आवाज उठाएका छौँ ।

युवा मन्त्रालय, युवा परिषद्, राष्ट्रिय युवा नीति २०७२, युवा तथा स्वरोजगार कोष, स्टर्ट अप फण्ड, धानमन्त्री रोजगार कार्यक्रम, सर्टिफिकेटको आधारमा ऋण लिन पाइने व्यवस्थालगायतका थुप्रै युवा लक्षित कार्यक्रमहरुका लागि युवा संघले नै पहलकदमी लिएको थियो । अहिले पनि हामी युवाका सवालमा गम्भीरतापूर्वक घोत्लिइरहेका छौँ ।

हामी युवाहरुको संगठन हौँ । हामीले लिने नीति र बोल्ने कुराले रहेक युवाको धड्कनलाई सम्बोधन गर्नुपर्छ । हामी युवाहरुको धड्कन बोल्ने संगठन बनाउन चाहन्छौँ युवा संघलाई । त्यसकै लागि नीति निर्माण गर्ने अवसरको रुपमा यस महाधिवेशनलाई हामीले लिएका छौँ । यस महाधिवेशनबाट तय हुने नीति र कार्यक्रमले युवाहरुमा आशाको सञ्चार गराउनेछ । अबको दशक युवा दशकको रुपमा मनाउने हाम्रो लक्ष्य छ ।

अहिले हाम्रो देशका करिब एक करोड २४ लाख युवा उमेरका नागरिक छन् । यो हाम्रो लागि सबैभन्दा ठूलो अवसर हो । यतिबेला हामीले युवाहरुलाई रोजगारी, स्वरोजगार, उत्पादनमूलक व्यवसायमा प्रोत्साहन र व्यवस्थित बजारीकरणमा राज्यले सहयोगी भूमिका खेल्ने नीति तय गर्ने । हामी त्यसका लागि यस महाधिवेशनबाट त्यसको लागि मार्गचित्र कोर्ने छौँ ।

प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९     9:08:35 AM  |