21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष,‘किरण पौडेल भन्छन् ः महाधिवेशनले युवा आन्दोलनको दिशा तय गर्नेछ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९  

राष्ट्रिय युवा संघको नवौं महाधिवेशन नेपालगन्जमा हुन गइरहेको छ । यो एक ऐतिहासिक र गौरवपूर्ण अवसर हो । राष्ट्रिय युवा संघ यस्तो संगठन हो, जसले जनसरोकार र जनजीविकाका सवालमा जहिल्यै अग्रपंक्तिमा रहेर काम गर्दै आएको छ । युवा संघका हरेक गतिविधिहरु रचनात्मक र प्रभावकारी रहँदै आएका छन् ।

हामीले सुशासनका सवालमा खरो आवाज उठाएका छौं । युवा संघले नै सबैभन्दा पहिले आवाज उठाएको थियो, युवा मन्त्रालय आवश्यक छ भनेर । अहिले युवा मन्त्रालय छ । युवा संघले नै आवाज उठाएको थियो, युवा परिषद्का लागि । युवा संघकै पहलमा राष्ट्रिय युवा नीति २०७२ निर्माण भएको हो । युवा तथा स्वरोजगार कोष हाम्रै पहलमा व्यवस्था भएको हो । सर्टिफिकेटको आधारमा ऋण लिन पाइने व्यवस्था लागि पनि हामीले नै आवाज उठाएका थियौं ।

यस्ता थुप्रै गतिविधिहरु युवा संघले गरेको छ । युवा संघले गर्ने रचनात्मक र युवाहरुको आवश्यकताबमोजिमका गतिविधिका कारण यो संगठन सडकको बाघ संगठन हो भन्ने हाम्रो बुझाइ हो ।
हामीले महाधिवेशनको लोगोमा पनि बाघको अनुहार राखेका छौं । यो लोगो राख्नुको कारण बाँके र बर्दिया बाघ संरक्षणका लागि परिचत जिल्ला हुन् भनेर चिनाउनु पनि हो । साथै, राष्ट्रिय युवा संघ सडकको बाघ हो भन्ने सन्देश पनि हो ।

यसपटक हामीले नेपालगन्जमा आयोजना गरेको यस महाधिवेशनलाई भव्य र सभ्य बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौं । देशभरिबाट प्रतिनिधि र स्वयम्सेवकसहित करिब दुई हजारजना नेपालगन्ज आउनुभएको छ ।

यसपटक हामीले महाधिवेशनको स्थल नेपालगन्ज रोज्नुको कारण हाम्रा संरचनाहरुलाई विकेन्द्रिकरण गर्न हामी कटिबद्ध भन्ने सन्देश दिनु पनि हो भने सुदूरपश्चिम र कर्णालीका हाम्रा साथीहरुलाई अन्य स्थानमा जाँदा जुन असजता भोग्नुपथ्र्याे त्यो केही हदसम्म कम होस् भन्ने पनि हो ।

यस महŒवपूर्ण महाधिवेशनलाई हामीले नेतृत्व परिवर्तनको अवसरका रुपमा मात्रै हेरेका छैनौं । यस महाधिवेशनले अबको युवा आन्दोलनको दिशा पनि तय गर्नेछ ।

अबको युवा आन्दोलन जनजीविकाका सवालमा केन्द्रित हुनुपर्छ भन्ने कुरालाई मनन गरेर हामीले व्यापकरुपमा छलफल गरेर आगामी नीति तथा कार्ययोजना तय गर्नेछौं । यस अवसरलाई भरपूर उपयोग गर्न प्रतिनिधिहरुलाई म आग्रह गर्दछुँ । साथै बाँकेवासीहरुले यस कार्यक्रमलाई आफ्नै ठानेर सफल पार्नका लागि सहयोग गर्न आगैह गर्दछुँ ।

प्रकाशित मितिः सोमवार, चैत्र २७, २०७९     9:04:39 AM  |