आजदेखि राष्ट्रिय युवा संघको महाधिवेशन : एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने



नेपालगन्ज : युवा संघको नेपालगन्ज महाधिवेशनको उद्घाटन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । महाधिवेशन उद्घाटन समारोहमा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताहरु सहभागी हुने तय भएको छ । यसैगरी, नेपाली कांग्रेस र नेकपा माओवादी निकट युवा संगठनका प्रमुख तथा प्रतिनिधिको पनि उद्घाटन सत्रमा सम्बोधन रहने जनाइएको छ ।


उद्घाटन समारोहलाई मनोञ्न्जनात्मक बनाउन कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवी ओडलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ । महाधिवेशनमा भाग लिन देशभरिका दुई हजार बढी प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आइपुगेका छन् । प्रतिनिधि तथा अतिथिहरुलाई नेपालगन्ज र कोहलपुरका होटेलमा बासको व्यवस्था गरिएको महाधिवेशन मूल आयोजक समिति सहसंयोजक केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज सुमन पुरीले जानकारी दिए । करिब एक हजार कोठाहरु बुक गरिएको जनाइएको छ ।

महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापनमा विशेष मिहिनत गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष पौडेल बताउँछन् । यसका साथै सडकमा पनि प्रतिनिधि तथा सहभागीहरुको ¥याली एवम् चहलपहलको पनि व्यवस्था मिलाइएको उनले बताए । महाधिवेशन उदटन समारोहमा करिब दश हजार बढी जनसहभागिता रहने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार