कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर १४ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारासहित माइती नेपालको ३१औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समाज सेवा संस्था नेपाल केन्द्रीय कार्यालय कोहलपुर–१४ हवलदारपुर बाँके र माइती नेपालको आयोजनामा रक्तदान सम्पन्न भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीसहित नगरप्रहरी र सर्वसाधारणले रक्तदान गरेका थिए । आयोजक समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाका अनुसार सामाजिक कार्य अन्तर्गत माइती नेपालको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उनले रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको बताए । अध्यक्ष थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १४ र युथ १४ युवा क्लबले सहकार्य गरेका थिए । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र कोहलपुरले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्