पञ्चेबाजा संरक्षणमा महिलाहरुको सक्रियता



कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा पञ्चेबाजा प्रर्दशनी तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र लालीगुरास पञ्चेबाजा संरक्षण समितिको आयोजनामा सञ्चालित उक्त कार्यक्रम कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा नम्बर १ का वडा अध्यक्ष बद्रिप्रसाद शैसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

 

उक्त अवसरमा बोल्दै सामाजिक विकास समितिका संयोजक विश्वकर्माले पञ्चेबाजाले कला र संस्कृतिको जगेर्ना गर्ने मात्र नभई यसमा आबद्ध ब्यक्तिहरुको जिविकोपार्जनमा पनी सहयोग पुग्ने अवस्थाको सिर्जन ागर्न आवश्यक रहेको बताए । उनका अनुसार पञ्चेबाजाको संरक्षण आवश्यक छ ।


उस्तै वडा अध्यक्ष जैसीले कोहलपुर नगरपालिकाले लालीगुरास पञ्चेबाजा संरक्षण समितिलाई पंचेवाजा संरक्षणका लागि सहयोग गरेको र थप बाजाको लागि वडा कार्यलय बाट सहयोग गर्ने प्रकृया अगाडी बढीसकेको जानकारी दिए ।
सोही कार्यक्रमको अवसरमा नेपाली काग्रेसका वडा सभापती भोजेन्द्र बहादुर रेग्मीले नगद रु ५ हजार र भुतपुर्व सैनिक संगठनको अध्यक्ष दुर्गा नाथ योगीले नगद रु १० हजार पंचेवाजा संरक्षण समितिको दिगो बिकासका लागी आर्थिक सहयोग प्रदान गरेका थिए । कार्यक्रममा महिला र पुरुषको टिमले पञ्चेबाजा बजाएर देखाएका थिए । कार्यक्रममा पञ्चेबाजा बजाउने महिला र पुरुष सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रम समितिका अध्यक्ष गगने दमाईको अध्यक्षतामा सञ्चालन गरिएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २५ गते शनिबार