बाँके ।
प्रहरीले बर्दियाको फुटाहाबाट लागुऔषध ब्राउनसुगरसहित बाँकेका चारजनालाई पक्राउ गरेको छ । भारत हुँदै बढैयाताल गाउँपालिका–२ फुटाहाबाट नेपाल भिœयाउँदै गरेको लागुऔषधसहित बाँकेका चारजना युवा पक्राउ परेका हुन् ।
बाँके कोहलपुर नगरपालिका–१५ का ३३ वर्षीय रवीन्द्रकुमार थारू, वडा नम्बर १३ का मनिष डाँगी र वडा नम्बर ६ का सन्देश थारू तथा बैजनाथ गाउँपालिका–६ का १८ वर्षीय बलराम सिंह थारूलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले भारतबाट नेपालतर्फ साइकलको सिटमुनि प्लास्टिकमा दुई पुरिया बनाई लुकाइछिपाई ल्याउँदै गरेका थिए ।
उनीहरुले बाँके नै ल्याउनका लागि भारतबाट लागुऔषध ल्याएको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । पक्राउ परेका सबै जनामाथि अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्