20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

धार्मिक ¥यालीमा प्रहरीले हस्तक्षेप गरेपछि कोहलपुर तनावग्रस्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २३, २०७९  

बाँके ।

हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक ¥यालीमा ईलाका प्रहरी कार्यालय कोहलपुरले हस्तक्षेप गरेको छ ।

कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीको आदेशमा हनुमान जयन्तीको ¥यालीमा हस्तक्षेप भएपछि केहीबेर कोहलपुर तनावग्रस्त बनेको थियो ।

प्रहरीले ¥यालीमा हस्तक्षेप गरेर मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि सहभागीले प्रतिवाद गरेपछि अवस्था केहीबेर तनावग्रस्त भएको
थियो ।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल फिर्ता गरेपछि अहिले अवस्था सामान्य हुँदै जान थालेको छ । ट्राफिक नियम मिचेर ¥यालीमा मोटरसाइकल सञ्चालनमा आएपछि नियन्त्रणमा लिनुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बोल्न चाहेनन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र २३, २०७९     11:37:02 AM  |