21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

हनुमान जयन्तीको ¥यालीमा कोहलपुर प्रहरीको हस्तक्षेप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २३, २०७९  

बाँके ।

हनुमान जयन्तीको अवसरमा निकालिएको ¥यालीमा ईलाका प्रहरी कार्यालय कोहलपुरले हस्तक्षेप गरेको छ । कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीको आदेशमा हनुमान जयन्तीको ¥यालीमा हस्तक्षेप गरिएको हो ।

प्रहरीले ¥यालीमा हस्तक्षेप गरेर मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि सहभागीले प्रतिवाद गरेपछि अवस्था केहीबेर तनावग्रस्त भएको थियो । प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल फिर्ता गरेपछि अहिले अवस्था सामान्य हुँदै जान थालेको छ ।

ट्राफिक नियम मिचेर ¥यालीमा मोटरसाइकल सञ्चालनमा आएपछि नियन्त्रणमा लिनुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको
छ । यसबारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बोल्न चाहेनन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र २३, २०७९     11:28:00 AM  |