नेपालगन्ज, गैरसरकारी संस्था महांसघ नेपाल बाँकेको अध्यक्षमा चन्द्रप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । महासंघ बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट उनी यसअघि महासंघ बाँकेको जिल्ला उपाध्यक्ष रहेका तिमिल्सेना अध्यक्ष चुनिएका हुन् ।
सोमबार राति भएको निर्वाचनबाट अध्यक्ष तिमिल्सेनासहित उपाध्यक्षमा निर्मला सुनार, सचिव आशिष बर्मा, सहसचिवमा परिना चौधरी र कोषाध्यक्षमा सूर्यलाल यादव निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा राजन बर्मा, रमेश सिटौला, मन भण्डारी, ताराबहादुर खत्री, गणेश भट्टराईलगायत निर्वाचित भएका छन् ।
महासंघ बाँकेको आगामी तीन बर्से कार्यकालका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको हो । अधिवेशनको बन्दसत्रबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्