नेपालगन्ज,नेपाली कांग्रेस बाँकेले सल्लाहकारहरुको नियुक्ति र आमन्त्रित सदस्यहरुको मनोनयन गरेको छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले ११ जना सल्लाहकार र १० जना आमन्त्रित सदस्यसमेत मनोनयन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

गौडेलले पूर्व सभापतिहरु युवराज शर्मा, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मीलाई सल्लाहकार नियुक्त गरिएको उल्लेख गरेका छन् । यसैगरी पूर्व सांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी तथा तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकार नियुक्त गरिएको गिरीले जानकारी दिए । यस्तै अधिवक्ताद्वय प्रह्लादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकार नियुक्त गरिएको प्रवक्ता गिरीले उल्लेख गरे ।
पार्टी सभापति गौडेलले पार्टीको विधानअनुसार जिल्ला कार्यसमितिमा बैजनाथ–८ का पवनकुमार थारु, जानकी–२ का छत्रेश्वरप्रसाद शर्मा, नेपालगन्ज–२२ का आशिष बर्मा, कोहलपुर–१० की तारादेवी भुसाल्नी पाठक, बैजनाथ–८ का रामबहादुर विष्ट, कोहलपुर–२ का गोपालप्रसाद देवकोटा, खजुरा–२ का रामबहादुर महतरा, नेपालगन्ज–११ का अनिलकुमार श्रेष्ठ, खजुरा–४ का अर्जुनसिंह पाण्डे र नेपालगन्ज–५ का कादिर अन्सारीलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको कार्यालय सचिव अमित कँडेलले बताए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) र नियमावली २०७६ को परिच्छेद् १८ को विविध ५६(२) मा व्यवस्था भएअनुसार आमन्त्रित सदस्य नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सहज पहुँच स्थापित गर्न तथा संगठन सम्बन्धि आवश्यक सल्लाह सुझाव दिन सल्लाहकारहरु नियुक्त गरिएको गौडेलले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्