17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

रेडियो मिसनको स्टेशन म्यानेजरमा अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २२, २०७९  

कोहलपुर । रेडियो मिसन ९०.६ मेगाहर्जको स्टेशन म्यानेजरमा वीपी अधिकारीलाई नियुक्त गरिएको छ । माँ पद्मावती ग्रुप अफ कम्पनी प्रालिद्वारा सञ्चालित रेडियोको स्टेशन म्यानेजरमा अधिकारीलाई मंगलबार नियुक्त गरिएको हो ।


मिसन गु्रपका प्रबन्ध निर्देशक विनोद पौडेलले नवनियुक्त स्टेशन म्यानेजर अधिकारीलाई अवीरावरण गरेर पदबहाली गराए । अधिकारीले मंगलबारदेखि नै कार्यभार सम्हालेका छन् । पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै मिसन ग्रुपका प्रबन्ध निर्देशक पौडेलले स्रोतामैत्री काममा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै पदभार ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले समयक्रम र प्रविधिको विकाससँगै स्रोताहरुको मागअनुसार रेडियोले समाचार र कार्यक्रम उत्पादन गर्ने बताए ।

‘रेडियोलाई थप उचाइमा पु¥याउन मेरो भूमिका रहनेछ,’ उनले भने, ‘सबै सहकर्मीहरुको सहयोग र समन्वयमा काम गर्नेछुँ ।’ अधिकारी विगत १५ वर्षदेखि लेखन र पत्रकारितामा क्रियाशील छन् । उनले नागरिक दैनिक, मिसन टुडे दैनिकलगायतका पत्रपत्रिकामा समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।

उनीसँग कोहलपुर एफएममा दुई वर्ष स्टशेन म्यानेजरका रुपमा काम गरेको अनुभव छ । रेडियो मिसन २०७४ सालदेखि दैनिक १९ घण्टा सञ्चालनमा छ ।

प्रकाशित मितिः बुधबार, चैत्र २२, २०७९     11:20:24 AM  |