वित्त आयोगको टोली नरैनापुरमा :नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान



कोहलपुर :
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर गाउँपालिकामा पुगेको छ । स्थलगत अनुगमनका क्रममा स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै अध्यक्ष पौडेलले प्रशंसाा गरेका थिए । उनले गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिए । ।


आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको बताए । नरैनापुरको स्थलगत निरीक्षण गरे पश्चात जनप्रतिनिधि र कर्मचारीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको जिकिर गरे । अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धित मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गए ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन राज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिका मध्ये सबैभन्दा बढी बजेट पाएको बताउदै नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिदै उत्कृष्ट भएकोमा बधाई दिए । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाँउपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गरेका थिए ।
अध्यक्ष शाहले नरैनापुर उत्कृष्ट भए पछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताउदै उहाँले नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गरी दिन माग गर्नु भएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताएका थिए । आयोगको टोलीले निर्माणधिन अवस्थामा रहेको गाँउपालिकाको भवन, अस्पताल र नेपाल भारत सिमाको अनुगमन समेत गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार