लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ सञ्चालन गर्नुको उद्देश्य र लक्ष्य के हो ?
महोत्सवको लक्ष्य भनेको विशेष गरेर यहाँ हाम्रा स्थानीयले उत्पादन गरेका वस्तुको बजारीकरणसँगै कृषि र पर्यटनमा सहयोग पु¥याउन हो । यहाँको समग्र आर्थिक गतिविधि चलायमान गर्ने पनि मेलाको उद्देश्य छ । यस्तै केही न केही आर्थिक बचत गर्न सकिन्छ की भन्ने पनि हो । यसमा हामीले कम्तिमा पनि २० लाखसम्म बचत हुने प्रक्षेपण गरेका छौं । लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरको प्रमुख उद्देश्य बहुआयमिक भवन बनाउने छ ।
महोत्सवका मुख्यमुख्य आकर्षण के–के हुन् नी ?
महोत्सवका आकर्षण धेरै छन् । यसलाई हामीले बहुआयामिक बनाउन खोजेका छौं । यसमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति छ । यस्तै हामीले विभिन्न प्रतियोगिता सञ्चालन गर्दैछौं । विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुन्छन् भने स्थानीय स्तरमा उत्पादन भएका विभिन्न थोक वस्तु पनि आकर्षणका रुपमा छन् । यस्तै हामी व्यवसायका विषयमा व्यापक अन्तरक्रिया आयोजना गर्दैछौं । यसले एक प्रकारको बहस ल्याउनेमा हामी आशावादी छौं । यस्तै यसमा विभिन्न किसिमका मनोरञ्जनात्मक खेलहरु देखाइनेछ । यहाँको संस्कृति झल्कने प्रस्तुतिसमेत छन् । हामीले विद्यार्थीहरुलाई निःशुल्क प्रवेश गरेका छौं । १० देखि १२ बजेसम्म विद्यालयका प्रधानाध्यापकसँग स्कुल डे«समा निःशुल्क २ घण्टा अनुगमन गराउँछौं र मेला हेर्न आउनेलाई टिकट मूल्य ८५ र विद्यार्थीलाई ७० रुपैयाँ छ । अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था छ ।
महोत्सवमा यहाँको व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा कस्तो भूमिका खेल्छ ?
आयोजक उद्योग वाणिज्य संघ नै एउटा प्लेट फर्म हो । राष्ट्रिय कलाकार, स्थानीय कलकारलाई राष्ट्रिय कलाकार बनाउने प्रयास पनि छ । उत्पादन बजारीकरण गर्न र कृषि क्षेत्रमा रहेका वस्तुहरु मेलामा राखिने छ । १० दिनको अवधिमा तीन लाख मान्छे भित्रिने अनुमान गरिएको छ । यतिमात्रै होइन मेलाबाट यहाँको कृषिको क्षेत्रको प्रवद्र्धन हुनेछ । यहाँका कृषकले आफूले उत्पादन गरेका वस्तु बिक्रीवितरण गर्नुहुनेछ । पर्यटन प्रवद्र्धन हुने अपेक्षा छ । महोत्सवमार्फत उत्पादन बजारीकरण प्राथमिकतामा छ ।
लक्ष्मणराज पौडेल
महोत्सव आयोजक समिति संयोजक
तथा
अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ
यो महेत्सवमा दुई दर्जनभन्दा बढी कलाकार आउँदै छन्, यसमा ठूलो धनराशी खर्च हुने गर्छ । ती कलाकारका माध्यमबाट अतिरिक्त फाइदा के हुन्छ नी ?
हामीले महोत्सवमा नेपाली कलाकार ल्याउँछौं । उहाँहरु देशभरिका धेरै महोत्सवमा जानुहुन्छ । एक प्रकारले उहाँहरुको माग पनि छ । यसमा मनोरञ्जन मात्रै होइन । व्यापार पनि जोडिएको छ । हामीले जुन उद्देश्यले महोत्सवमा आयोजना गर्दैछौं । त्यसमा उहाँहरुको पनि लगानी रहन्छ । प्रत्यक्ष परोक्षरुपमा । हामीले सबैसँग कुराकानी गरेका छौं । उहाँहरुले लिने पारिश्रमिकभन्दा कममा आउँदैहुनुहुन्छ । यसैमा फाइदा छ । अर्कोतिर कलाकार कोहलपुरमा आउन आतुर छन् । यो हाम्रो लागि राम्रो कुरा हो ।
महोत्सवको मुख्य प्रयोजक, सहप्रायोजक र साझेदार को–को छन् ?
मुख्य प्रायोजकहरुसँग पुगी सकेका छौं । प्रायोजहरु त अरु धेरै छन् । उद्योगहरुलाई खबर गरेका छौं । थोरैथोरै सहयोग लिएर धेरैलाई समेट्ने छौं । उद्योगहरुलाई जोड्ने र उहाँहरुका उत्पादनहरु महोत्सवमा राख्ने प्लेट फर्मसमेत बनाइदिएका छौं । अहिले गत वर्षको जस्तो अवस्था छैन । अहिले आर्थिक तरलता र उत्पादन ४० प्रतिशतमा झरेको अप्ठ्यारोका बीच हामीले थोरैथोरै गरेर सहज खोजेको हो ।
तीन वर्षको अन्तरालमा महोत्सव हुँदैछ, के कस्ता चुनौतीहरु देख्नु भएको छ ?
दुई वर्ष कोरोना भाइरसले कुनै पनि गतिविधि हुन दिएन । त्यतिबेला हामी भर्खरै आएका थियौं । हामी आउनबित्तिकै चैत बाट लकडाउन सुरु भयो । दुई वर्ष यसैमा बित्यो । त्यसपछि स्थानीय तहको निर्वाचनले आर्थिक क्षेत्र फस्टाउन सकेन । त्यसपछि प्रदेश र संघको निर्वाचनको माहोल भइहाल्यो । अलिअलि आर्थिक क्षेत्र चलायमान हुन खोज्दै थियो । युक्रेन र रुसको युद्धले विश्वप्यापी असर ग¥यो । त्यसले पेट्रोलदेखि लिएर सबैको आर्थिक बन्दी भयो । नेपालमा समेत त्यसको असर भयो । यसले गर्दा हरेक वस्तुमा असर परेको छ । त्यसैले उद्योगहरुले कर्मचारी कटौती गरे । चुनौती धेरै छन् । तर हामीले प्रतिकुलताभित्र अनुकूलता खोजिरहेका छौँ ।
अन्त्यमा, महोत्सव सफल बनाउन सम्पूर्णलाई के भन्न चाहनुहुन्छ ?
कोहलपुरमा धेरै समयपछि महोत्सव आयोजना हुँदैछ । यो हाम्रो लागि चुनौती र अवसर दुवै हो । त्यसैले यसलाई हामीले सभ्य र भव्यरुपमा सम्पन्न गर्ने योजना बनाएका छौं । महोत्सव हामी सबैको हो । त्यसैले महोत्सवलाई सफल बनाउन तपाईंहरुको सहभागिता छ । सम्पूर्ण जनताहरुलाई महोत्सवमा सहभागिताका लागि आग्रह गर्दछुँ । यो महोत्सव कोहलपुरवासीको हो । त्यसैले हेर्दिनूस्, सकारात्मक सुझाव सल्लाका दिनु होला र चुलो निम्तो गर्दछुँ ।
प्रस्तुतिः शुभाकर विश्वकर्मा÷कोहलपुर