बैजनाथमा उत्कृष्ट किसान सम्मानित



कोहलपुर २८ असार/
बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषक,फर्म र समुह सम्मान गरेको छ। बैजनाथ गाउँपालिका वडा नं ३ बैरहवा स्थित सोमबार एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई सम्मान गरिएको हो ।

बैजनाथ गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम लक्ष्य अनुसार बैजनाथ गाउँपालिका भित्रका उत्कृष्ट कृषक,फार्म र समुर्ह सम्मान गरिएको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताए ।

कार्यक्रममा उत्कृष्ट १२ जना किसान १० वटा कृषी फार्म तथा ९ वटा कृषि समुहहरुलाई सम्मान गरिएको थियो बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकायाले दोसल्ला सम्मान पत्र र १ वटा स्प्रे टयाकी सहित उत्कृष्ट कृषक,फर्म र समुहका सदस्यहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले समृद्ध बैजनाथ बनाउनका लागी कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले किसानहरुको सम्मानले उनीहरुमा कृषि क्षेत्रमा लाग्न उत्साह थपिने बताए ।

त्यस्तै उनले उत्कृष्ट किसानहरुलाई सम्मान गरिएकोले अन्य किसानहरुलाई उत्कृष्ट किसान बन्न प्रेरणा प्राप्त हुने बताए । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले अन्य पेशा जस्तै किसानहरुले पनि गर्वका साथ म किसान भन्ने अवस्था आउनुपर्ने बताउदै त्यसका लागी स्थानीय सरकार लागी परेको बताइन ।

त्यस्तै बैजनाथ गाउँपालिका कृषि भुमी भएकोले यहाका किसानहरुलाई .वर्गीकरण गरेर उनीहरुको उत्थानमा लाग्ने बताइन ।बैजनाथ ३ का वडाध्यक्ष निखिल बैगारले बैजनाथ गाउँपालिकामा ७० प्रतिशत किसानहरु रहेकोले बैजनाथलाई कृषि क्रान्तिमा लैजान स्थानीय सरकार जुटेको बताए ।

बैजनाथ गाउँपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष पे्रम बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीवासी,कृषक विभिन्न संघ संस्था प्रतिनिधि लगायतको सहभागीता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २८ गते मंगलबार