कुनै पनि कर्मचारीलाई कामकाजमा खटाइँदा उसको नाम, पद, श्रेणी र हाल कार्यालयको नाम र पाइने कार्यालयको नाम अनिवार्य हुन्छ । तर, प्रमुख प्रशासकीय अधिकृत डाँगीद्वारा हस्ताक्षेरित कामकाजमा खटाइएको पत्रमा नाम र कार्यालयको नाम मात्र उल्लेख छ । उनी कुन तह र पदको हुन त्यो उल्लेख गरिएको छैन । पालिकाले कामकाजमा खटाइएको जस्तो महŒवपूर्ण पत्रमा गम्भीर त्रुटि देखिएको छ ।

बाँके राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी
नेपालगन्ज ।
राप्तीसोनारी गाउँपालिकाले श्रेणीविहीन करारका कर्मचारीलाई वडा सचिवको कामकाज गर्ने गरी अख्तियारी दिएको छ । गाउँपालिकाले श्रेणीविहीन कर्मचारी सीताकुमारी खत्रीलाई वडा नम्बर २ मा वडा सचिवको कामकाज गर्नेगरी निमित्त वडा सचिवको जिम्मेवारी दिएको हो ।
सोही वडामा श्रेणीविहीनका रुपमा उनी कार्यरत थिइन् ।
‘वडा सचिव रोशनकुमार ओली सरुवा भइ ८ नम्बर वडा कार्यालयमा गएको हुँदा उक्त वडा कार्यालयमा तपाईं श्री सीताकुमारी खत्रीलाई अर्काे व्यवस्था नभएसम्मका लागि मिति २०७०/०२/२७ गतेको निर्णयानुसार निमित्त वडा सचिवको रुपमा खटाइएको व्यहोरा जानकारी गराइन्छ । तोकिएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह गर्नुहोला,’ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा हस्ताक्षेरित कामकाज गर्न खटाइएको पत्रमा उल्लेख गरिएको छ ।’
पालिकाले उनलाई जेठ २७ गते निमित्त सचिवको जिम्मेवारी दिएको हो । पत्र मेलमा प्राप्त भएपछि जिम्मेवारीमा खटिएको सीताकुमारीले बताइन् । ‘निमित्त वडा सचिवको जिम्मेवारी पाउनु मेरो कुनै रहर होइन,’ उनले भनिन्, ‘वडामा वडा सचिव नहुँदा धेरै काम प्रभावित भएका छन् । योजनाका काम अगाडि बढ्नै सकेका छैनन् । आवश्यकताका आधारमा पालिकाले जिम्मेवारी दिँदा मैले जिम्मेवारी बहन गरेकी हुँ ।’ २०६० चैत २० गतेदेखि करारमा काम गर्दै आएको भन्दै उनले भनिन्, ‘काम गर्ने क्षमता मसँग छ ।
लामो समयदेखि काम गर्दै आएको छुँ । अहिले आवश्यकता परेकाबेला मात्र मलाई जिम्मेवारी प्राप्त भएको हो ।’ यस वडामा तीनजना प्राविधिक स्थायी दरबन्दीवाला छन् । वडामा तहवाला स्थायी कर्मचारी हुँदाहुँदै पालिकाले श्रेणीविहीनलाई जिम्मेवारी दिँदा आलोचना बढेको छ ।
पहुँच तथा प्रलोभनबाट प्रभावित भएर पालिकाले श्रेणीविहीनलाई निमित्त सचिवको जिम्मेवारीमा खटाएको पालिकालाई आरोप लागेको छ । यो आरोप भने पुष्टि भएको छैन ।
तत्कालीन सचिव रोशनकुमार अर्काे वडामा सरुवा भएपछि वडाले पालिकासँग बेलाबेला सचिवको माग गरेको थियो । पालिकाले भने वडामा वडा सचिव पठाउन सकेको थिएन ।
वडामा तहगत प्रशासनिक कर्मचारी नहुँदा पनि तत्कालका लागि श्रेणीविहीनबाटै काम चलाउनु पर्ने बाध्यता भएको वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले जनाए ।
‘पहिलाको सचिवले हाम्रो वडासँगै अन्यत्रको अर्काे वडाको पनि जिम्मेवारी निर्वाह गर्नुहुन्थ्यो । पछि उहाँ यहाँबाट सरुवा हुनुभयो,’ उनले भने, ‘उहाँ नभएपछि लामो समयसम्म वडा सचिवविहीन भयो । अहि

ले ढिलै भए पनि निमित्त सचिव पठाएको छ । म खुसी छुँ । अब प्रभावित भएका कामहरु अगाडि बढ्ने छन् ।’
सचिव नहुँदा यहाँ योजनादेखि दैनिक सिफारिस र अन्य काम प्रभावित हुँदै आएका थिए । यसको बोधार्थ वडा नम्बर २ को वडा कार्यालय, पालिकाको आर्थिक प्रशासन शाखा र पञ्जीकरण शाखामा पठाइएको छ । यसरी तहगतका कर्मचारी हुँदाहुँदै श्रेणीविहीनलाई सचिवको जिम्मेवारी सम्हाल्ने गरी निमित्त सचिवको जिम्मेवारी दिनुनै कर्मचारी ऐन २०७५ विपरीत भएको पालिकाका केही कर्मचारीहरुको भनाइ छ ।
‘केही स्वार्थ र प्रभावका कारण पालिकाले गलत निर्णय गरेको छ,’ यहाँका एकजना कर्मचारीले भने, ‘स्थायी कर्मचारी हुँदाहुँदै करारका कर्मचारीलाई जिम्मेवारी दिइयो । यो गलत हो ।’ उनका अनुसार पञ्जीकरणको काम गर्नै मिल्दैन । स्थायी कर्मचारीले मात्र पञ्जीकरण (जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइलगायतका सिफारिस) हस्ताक्षतर गर्न पाउँछन् ।
करारका कर्मचारीलाई यसमा अधिकारनै दिइएको छैन । यस विषयमा प्रतिक्रिया लिन खोज्दा पालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगी सम्पर्कमा आएनन् ।
उनलाई बेलाबेला समन्वय गर्दा पनि फोन रिसिभ भएन । यसभन्दा अघि प्रकाशित गरिएका समाचारमा प्रतिक्रिया लिन खोज्दा उनी प्रतिक्रिया दिन अनुच्छुक देखिएका थिए ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको दबाबपछि पुनः उनलाई फिर्ता बोलाएको गाउँपालिकाले जनाएको छ । खत्रीविहीन खत्रीलाई फिर्ता बोलाएर वडा सचिवको रुपमा नारायण विष्टलाई तोकिएको बताइएको छ ।
वडाध्यक्ष विष्टले भने, ‘श्रेणीविहीन भनिएकी खत्रीको जिम्मेवारीबाट झिकाएर नयाँ वडा सचिव तोकिएको भन्ने खबर सुनिएको छ । उहाँ वडा कार्यालयमा हाजिर हुनु भएको छैन ।’
जिम्मेवारीपत्रमै त्रुटि
कुनै पनि कर्मचारीलाई कामकाजमा खटाइँदा उसको नाम, पद, श्रेणी र हाल कार्यालयको नाम र पाइने कार्यालयको नाम अनिवार्य हुन्छ । तर, प्रमुख प्रशासकीय अधिकृत डाँगीद्वारा हस्ताक्षेरित कामकाजमा खटाइएको पत्रमा नाम र कार्यालयको नाम मात्र उल्लेख छ । उनी कुन तह र पदको हुन त्यो उल्लेख गरिएको छैन ।
सीताकुमारी खत्रीलाई दिइएको कामकाज पत्र जस्तो महŒवपूर्ण पत्रमा गम्भीर त्रुटि देखिएको छ । यस्तो हुँदा नाम, थर जुध्ने अर्काे कर्मचारीले पनि तलबभत्ता दाबी गर्न सक्ने बुझिएको छ । ‘तह तथा श्रेणी उल्लेख नगरेर नाम मात्र उल्लेख गर्दा सोही नाम, थर वालाले पनि दाबी गर्न सक्छ,’ एक कर्मचारीले भने, ‘पत्रमा अनिवार्य तह तथा श्रेणी उल्लेख गर्नुपर्छ ।’ नाम र थर मात्र लेखिएको जिम्मेवारीपत्र त्रुटिपूर्ण छ ।
अध्यक्षसँग समन्वय नगरेरै जिम्मेवारी प्रदान
प्रमुख प्रशासकीय अधिकृत डाँगीले आफूखुसी श्रेणीविहीनलाई निमित्त सचिवको जिम्मेवारी दिएको खुलेको छ । यस विषयमा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलसँग कुनै समन्वय तथा सहकार्य नभएको खुलेको छ ।
वडामा निमित्त सचिव पठाउने विषयमा कुनै सल्लाह नभएको पालिका अध्यक्ष पौडेलले जनाए । ‘वडा नम्बर २ वडा वडा सचिव पठाउँदा मसँग कुनै समन्वय र सहकार्य भएन । मैले यो निर्णय सच्याउन लगाएको छुँ ।’
अनाधिकृतरुपमा प्रमुख प्रशासकीय अधिकृतले यसरी आफूखुसी जिम्मेवारी तोक्ने विषयले राप्तीसोनारी गाउँपालिकाका कर्मचारीबीच यसभन्दा अघि विवादसमेत भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीले आफूसुखी विभिन्न फाँटमा कर्मचारी हेरफेर गरेको भन्दै यहाँ कार्यरत कर्मचारी उनीविरुद्ध खनिएका थिए ।









प्रतिक्रिया दिनुहोस्