नेपालगन्ज ।
गर्मी अत्यधिक बढेपछि बाँकेका विभिन्न स्थानीय तहले विद्यालय बन्द गरेका छन् । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएका हुन् ।
गर्मी बढेको र तातो हावा (लु) चल्न थालेपछि विद्यालय बन्द गरिएका पालिकाले जनाएका छन् । स्थानीय तहहरुले २७ गते शुक्रबारदेखि ३१ गते मंगलबारसम्म विद्यालमयमा पठनपाठन नगराउन सूचना जारी गरेका हुन् ।
जानकी र बैजनाथ गाउँपालिकामा भने असार १ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ ।
पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि भने प्रशासन कक्ष खुला राख्न पनि निर्देशन दिइएको छ । नेपालगन्जमा केही दिनयता अत्यधिक गर्मी महसुस गरिएको छ ।
गर्मीमाथि विद्युत् कटौतीको सास्ती
उखरमाउलो गर्मी सहन गाह्रो भइरहेकै समयमा नेपालगन्जमा विद्युत्को कटौतीले झनै सास्ती दिएको छ । दिउँसो करिब २ बजे कटौती भएको विद्युत् साँझ ५ः४५ बजेसम्म पनि सुचारु भएको थिएन ।
विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलका अनुसार कोहपुरमा एउटा मेसिनमा खराबी आएपछि लामो समय विद्युत् कटौती भएको हो । गर्मी बढी भएकै दिन नेपालगन्जमा विद्युत् कटौती हुने गरेको छ । जसबाट नेपालगन्जवासीहरु आक्रान्त भएका छन् ।









प्रतिक्रिया दिनुहोस्