निर्वाचन आउन अब करिव एक हप्ता बाँकी छ । उम्मेदवारहरु प्रचार प्रसार र घरदैलोमा व्यस्त छन् । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले आफ्नो प्रचार प्रसार गरिरहेका छन् । नेपाली कांग्रेसले ८ वटै पालिकामा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन आफ्ना सबै संयन्त्र परिचालन गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका र समग्र बाँके जिल्लामा कांग्रेस उम्मेदवारको अवस्था लगायत विविध विषयमा राष्ट्रिय सभा सदस्य एवम् कांग्रस बाँकेका पुर्वसभापति यूवराज शर्मासँग गरिएको संवाद
१. तपाई पनि उम्मेदवारसँगै घरदैलोमा पुगिरहनु भएको छ, कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
मतदातामा कांग्रेसप्रति उत्साह देखिन्छ । उहाँहरुको प्रतिक्रियाबाट हाम्रा उम्मेदवार उत्साहित हुनु भएको छ । पछिल्लो समय कांग्रेसप्रति बढी जनलहर देखिएको छ । यो भनेकोे लोकतन्त्रको सफलता हो ।
हामीसँग नेपालगन्ज र खजुरामा गठबन्धन बनेको छ । यो गठबन्धन नयाँ प्रयोग हो । यो गठबन्धन सफलभयो भने २० वर्षसम्म जान्छ भनेर प्रचण्ड जीले पनि भन्नु भएको छ ।
२. गठबन्धन गर्नुपर्ने आवश्यकता किन भयो ?
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण गठबन्धन बनेको हो । हाम्रो लडाई सोचको हो, व्यक्तिगत होइन । हामी जो सँग पनि मिलेर जान सक्छौ । हाम्रो विरोध भनेको राजतन्त्र पुर्नस्थापना गर्नेप्रति हो । ओलीले यसको समर्थन गर्नुभएपछि हामी दुःखी भएका हौँ ।
३. नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनलाई कसरी हेरिरहनु भएको छ ?
हाम्रो प्रतिस्पर्धा भनेको सोच सँगको होे । संविधानको र जनताको अधिकारको रक्षाका लागि हो । विगतमा हामीले एमाले पार्टीलाई पनि हेर्यौं । दुई तिहाईको सरकारलाई पनि हेरर्यो । हामीले राप्रपालाई पनि हेर्यौं ।
जनता यति अगाडी बढिसक्यो कि पुरातनवादी सोचलाई जनताले अब विश्वास गर्देनन । कतिले भ्रष्टाचार गरेका पनि सुनिए । सबैभन्दा ठुलो कमजोरी एमालेले देखायौ । त्यसैले पनि यो निर्वाचन कांग्रेसले जित्नैपर्छ भन्ने लाग्छ र महत्वपुर्ण पनि छ । नेपालगन्जको निर्वाचन हाम्रो पक्षमा गईसकेको छ । ठुलो मतअन्तरले हाम्रा उम्मेदवारले चुनाव जित्दै हुनुहुन्छ ।
४. नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?
मैले सबै उम्मेदवारलाई राम्ररी चिनेको छु । प्रष्ट भाषामा भन्नुपर्दा कांग्रेसहित गठबन्धनका तर्फबाट नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई जनताको काम ब्यक्ति हो ।
अन्य उम्मेदवार भन्दा म चाही गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई छनोट गर्छु ।
५. नेपालगन्ज उपमहानगरपालिकामा जनताले कांग्रेसलाई भोट किन दिने ?
कांग्रेससहित गठबन्धनको साझा उम्मेदवार प्रशान्त विष्ट उर्जावान , योग्य र सक्षम युवा नेता हो ।
एउटा कारण त उहाँ पहिलेदेखी नै एउटै पार्टीमा भएर काम गर्नुभएको हो काम गर्न सक्ने क्षमता भएको, जोश जाँगर भएको युवा भएका कारण पनि उहाँलाई सहयोग गर्नुपर्छ । अर्को कारण यसपटक पाँच दलबीच गठबन्धन बनेको छ । यसपटक नजिते कहिले जित्ने ?
६. विष्टले नगर प्रमुखमा जित्नु भयो भने नेपालगन्जका लागि मुख्य रुपमा के काम गर्न आवश्यक छ ?
यसका लागि त सबैले आ, आफ्ना योजना सहितका घोषणा पत्र सार्वजनिक गरिसक्नुभएको छ । निर्वाचित भएपछि आफूले घोषणा गरेका योजना कार्यान्वयन गर्नुस यति भयो भने नेपालगन्जलाई पुग्छ । नेपालगन्ज देशमा एउटा राम्रो नमुना शहर बनोस् ।









प्रतिक्रिया दिनुहोस्