26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरमा ‘सत्यमोहन’ का लेखकसँग संवाद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २२, २०७८  

कोहलपुर : शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा सत्यमोहन बारे कोहलपुरमा पुस्तक चर्चा सम्पन्न भएको छ । गिरीश गिरीद्धारा लिखित सत्यमोहनबारे लेखकसँग अन्तरक्रिया गरिएको हो । पत्रकार एवं लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो । यस पुस्तकका विषयमा अहिले देशका विभिन्न सहरमा अन्तरक्रिया भइरहेका छन् । सत्यमोहन सहर यात्रा नाम दिइएको उक्त यात्रा अन्तर्गत कोहलपुरमा पुस्तकका विषयमा चर्चा परिचर्चा सम्पन्न भएको हो ।

उक्त अवसरमा बोल्दै लेखक गिरीले आफूले लेखक बन्नका लागि सत्यमोहन नलेखेको बताए । लामो समय शताब्दी पुरुषका विषयमा कलम चलाइरहेका गिरीले उनको जीवन लेख्ने अवसरमा पाउनु आफ्नो भाग्य भएको बताए । उनले आफूले पुस्तक अध्ययनशिल र सत्यमोहन जोशी बारे जानकारीमुलक बनाउन कोशिस गरेको बताएका थिए ।

‘लामो समय पत्रकारिता गरे । मैले गैरराजनीतिक विषयमा लामो समय लेखे,’ गिरीले भने, सत्यमोहन बारे केही समय यता लेख्दै आएको थिए । पाठकहरुको आग्रह र शताब्दी पुरुषको इच्छा अनुसार आत्मकथा लेखिएको हो ।’
सत्यमोहन सहर यात्रामै रहेका लेखक कुमार नगरकोटीले सत्यमोहन आफैमा एक इतिहास भएको बताए । ‘आत्मकथा उत्कृष्ट लेखन भएको उनको भनाइ थियो । सत्यमोहन इतिहास हुन् । उनको बारेमा धेरैलाई जानकारी दिनुपर्छ । यो सबैले पढ्नै पर्ने पुस्तक हो ।’ नगरकोटीले भने ।


बुकहिलका भुपेन्द्र खड्काले अहिलेसम्म उत्कृष्ट किताब बजारमा आएको बताए । देशको सय वर्षका एक जिउँदो इतिहासका रुपमा रहेका सत्यमोहन जोशी बारे बुझ्ने पुस्तक भएको बताए । उनका अनुसार अहिले पुस्तक यात्रा चलिरहेको छ । देशका विभिन्न सहरमा सत्यमोहन बारे संवाद कार्यक्रम आयोजना हुँदै आएको उनले जानकारी दिए । ‘यो पुस्तक सत्यमोहनकै आग्रहमा लेखिएको हो । लेखकले निकै सरल रुपमा उत्कृष्ट पुस्तक लेख्नु भएको छ । यो पढ्नै पर्ने पुस्तक हो ।’ खड्का भन्छन् । पुस्तक बारे साहित्यकार सागर गैरेले छोटो समिक्षा गरेका थिए । कार्यक्रम हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कोहलपुरमा दुई दर्जन बढी लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २२, २०७८     8:14:18 PM  |