संस्कृति र पर्यटनलाई होमस्टेले प्रवद्र्धन गरेका छन्



भीमबहादुर केसी । संस्थापक अध्यक्ष होमस्टे एसोसिएसन नेपाल

अहिले नेपालमा होमस्टे सञ्चालनको अवस्था कस्तो अवस्थामा छ ?

नेपाल सरकारले २०६७ सालमा होमस्टे कार्यविधि बनाएपछि देशभर होमस्टे दर्ता हुने क्रम सुरु भयो । अहिले होमस्टे नेपालको ग्रामीण क्षेत्रमा रहेर पर्यटनको विकास, प्रवद्र्धन र संरक्षणमा सक्रिय छन् । त्यसको नेतृत्व गरिरहेका छन् । अहिले होमस्टे एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलन बाँकेको जिल्लाको गाभर भ्याली सामुदायिक होमस्टेमा सञ्चालन गर्दैछौँ ।

आज लुम्बिनी प्रदेशस्तरको भोजन मेला र होमस्टे एसोसिएसनको उद्घाटन हुँदैछ । अहिले पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरको हिमालदेखि दक्षिणका तराईसम्म धेरै ठाउँहरुमा होमस्टे सञ्चालनमा रहेका छन् । होमस्टेहरुले गाउँमा संस्कृति, पर्यटन र कला क्षेत्रको नेतृत्व र अगुवाइ रहेको छ ।

होमस्टे सञ्चालनमा स्थानीय समुदायको आकर्षण तपाईं पछिल्लो समय कस्तो देख्नुहुन्छ नी ?

होमस्टे भनेको घरमा बास बस्ने, गाउँघरमा गएर गएर रमाउने गर्छन् । गाउँमा पर्यटक आउँछन् । खान्छन्, अवलोकन गर्छन् र रमाउँछन् । त्यहाँको प्रकृति बुझ्छन् । अहिले गाउँमा संस्कृति, पर्यटनलगायतका कुराहरु होमस्टेले प्रवद्र्धन गरिरहेको छ । पछिल्लो समय यसको आषर्कण बढ्दै गएको देखिन्छ । खासगरि देशभरिको ग्रामीण क्षेत्र विकास तथा पर्यटन प्रवद्र्धनमा होमस्टेको ठूलो भूमिका रहेको छ ।

होमस्टेहरु उद्देश्यभन्दा फरकरुपमा सञ्चालन भइरहेका छन् भन्ने सुनिन्छ, यो कुरा साँचो हो ?

होमस्टेहरु आफ्नो पेसा र व्यवसायमा प्रतिबद्ध छन् । घरमा बसेर पर्यटनका गतिविधि अघि बढाइरहेका छन् । नेपाल सरकारले दर्ता गरेको होमस्टेहरुलाई अनुगमन गर्ने, नियमन गर्ने र उनीहरुको विचलन छ वा छैन, गलतखालका गतिविधि भइरहेका छन् की रोक्नको लागि राज्य खुल्ला छ । यदी त्यस्तो भइरहेको छ भने स्वयम् व्यवसायी र सरकारले गम्भीररुपमा लिएर निरीक्षण अनुगमन तथा मूल्यांकन गर्नुपर्छ ।

स्थानीयको आकर्षण बढ्दै जाँदा होमस्टेहरुमा मौलिकपन हराउँदै जान थालेका हुन् र ?

होइन, होमस्टेहरुले आफ्नो मौलिक पहिचान दिइरहेका छन् । सिरुवारी, घलेगाउँ, अमलटारी, थारु, गाभरलगायतका होमस्टेहरुमा जानुभयो भने त्यहाँ मौलिकताको चरम रुप देख्नुहुन्छ । उनीहरुले घरमै बसाउँछन् । घरमै खुवाउँछन् । आफ्नो वरिपरि भएका पर्यटकीय क्षेत्रमा भ्रमण गराउँछन् । साँझपख मौलिक र पराम्परागत नाचगानलगायतका मौलिक कार्य भइरहेका छन् ।

कतिपय ठाउँमा होमस्टे भनेर नाम राखेपछि ग्राहक आउँछ भन्ने मनोविज्ञान विस्तार भएको देखिन्छ । ग्राहकलाई आर्कषित गराउन नाम राखिदिने क्रम बढेको अवस्था छ । कार्यक्षेत्रभन्दा बाहिर रहेर गतिविधि गरेका छन् । त्यो भनेको विकृति हो । दैनिक अनुगमन, मूल्यांकन के गरेर हुन्छ । राज्यको दायरामा ल्याउनुपर्छ ।

होमस्टेमार्फत नेपालमा रहेको बेरोजगारी समस्या न्यूनीकरण गर्न के भूमिका रहन्छ ?

गाउँका युवाहरु देशभित्र रोजगारी नपाएपछि विदेशतिर जाने क्रम बढ्दो छ । रोजगारीका लागि पलायन हुने समस्या अझै रोकिन सकेको छैन । तर, पनि युवाहरुमा होमस्टेप्रति निकै चासो रहेको देखिएको छ । पर्यटनहरुलाई राम्रो सेवा दिएर स्वेदशमै कमाउन सकिन्छ भन्ने माध्यम होमस्टे उदाएको छ । यसले गर्दा देशमा रोजगारी सिर्जना भएको छ ।

उनीहरु स्वरोजगार बनेका छन् । होमस्टे सञ्चालनले संस्कृति संरक्षणका लागि कत्तिको भूमिका खेलिरहेको छ । हिजो गाउँमा बाजागाँजा बज्दैन थिए । पराम्परागत चलन रहेको त । आज होमस्टे कलाको, संस्कृति तथा पर्यवरणलगायतका क्षेत्रमा गतिविधि गरेर पर्यटकहरुलाई बोलाउने र रमाउने खालको वातावरण रहेको छ ।

होमस्टेलाई पर्यटनसँग जोडेर स्थानीयको जीवनस्तर माथि उकास्न राज्य के गर्नुपर्ला ?

नेपाल सरकारले कार्यविधि ल्याउँदा होमस्टेलाई सहरबाट गाउँमा ल्याउने कोसिस गरेको थियो । भ्रमण वर्षको आयोजना गरिएको थियो । सरकारले पर्यटन वर्षसमेत घोषण गरेको थियो । देशभित्रको आन्तरिक पर्यटन प्रवद्र्धन भइरहेको छ । रोजगारी सिर्जना गरिएको छ । राज्यले जति गर्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । यसले होमस्टे सञ्चालनम समस्या देखिएको छ ।

यसको समाधान खोज्नै जानुपर्छ । सरकारले हामेस्टे र पर्यटनको क्षेत्रको विकासको लागि बजेट छुट्याउनुपर्छ । अहिले पनि केन्द्रीयस्तरमा कार्यविधि निर्माण भएको छैन । प्रदेशस्तरमा राम्रो काम हुन सकेको छैन । राज्यले अब होमस्टेलाई पर्यटन क्षेत्रको सबै यही हो । अहिले शसक्त संगठनको रुपमा उदाइसकेको छ । ऐन, कानुन, नियमावली बनाइ दिएर व्यक्त रहनुपर्ने अवस्था रहेको छ ।

राज्यले यसमा अझै लगानी गर्नुपर्ने देखिन्छ । यसमा सबैभन्दा महŒवपूर्ण भूमिका स्थानीय सरकारको हुन्छ । किन भने यो मौलिक पहिचान हो । स्थानीय सरकारले पर्यटकीय गतिविधि गर्न सक्न छन् । केन्द्रीय सरकारले नीति तर्जुमा गरिदिनु प¥यो ।

प्रदेश सरकारले समेत यसमा काम गर्न सक्छ । विस्तापित हुँदै गइरहेको मौलिक पनलाई ऋतु बनाउने कोसिस भइरहेको छ । यो क्षेत्रमा होमस्टेहरुको उल्लेखनीय सहयागिता रहेको छ । आन्तरिक पर्यटन विकास भइरहेको छ । यो राज्यको बलियो संगठन हो । अब राज्यले कानुन, नियमावली बनाइदिएर सहयोग गर्नुपर्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

नेपालमा निजी र सामुदायिक गरी १३ सय होमस्टे सञ्चालनमा रहेका छन् । अहिले हामीले बाँकेमा सम्मेलन गर्दैछौँ । अहिले देशभरिका पाँच सयजनाभन्दा बढी होमस्टेकर्मी सहभागी भएका छन् । गाउँको पर्यटनको नेतृत्व गर्ने क्षेत्रका अगुवाहरुले बाँकेमा आएर गाभर भ्याली वरिपरिको पर्यटकीय गतिविधि बुझ्ने मौका पाउँदै छन् ।

देशभरि भएका समस्याका विषयमा हामी छलफल र बहस गर्नेछौँ । समीक्षा गर्नेछौँ । नयाँ नेतृत्वसमेत चयन हुनेछ । यसले होमस्टे आन्दोलन थप बलियो हुनेछ र मौलिक भोजन मेलासमेत भइरहेको छ । लुम्बिनी प्रदेशमा पाइने भोजनको मेला पनि हो । उक्त मेलामा सहभागिताको लागि सबैलाई आह्वान गर्न चाहान्छुँ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १२ गते शनिबार