नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।
यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । सोमबार प्रति तोला एक लाख ३ हजारमा कारोबार भएको थियो । पछिल्लो ९ दिनमा सुनको मूल्य प्रति तोला ९ हजार बढेको हो ।
प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्