16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

भोलिदेखि नेपालगन्ज शोरुमबाट बजाजका बाइक किन्दा अफर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७८  

कोहलपुर ।

बजाज मोटरसाइकलको शोरुम नेपालगन्जमा भोलिदेखि विभिन्न अफर सञ्चालन हुने भएका छन् । नेपालगन्जको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता पानस मोटर्सले नयाँ बाइकको खरिदमा विभिन्न अफर ल्याएको हो ।

बुधबारदेखि सुरु हुने ‘बजाज अपग्रेड’ अफरको तयारी धमाधम भइरहेको पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले जानकारी दिए । ‘बजाज मोटरसाइकल चढ्न खोज्नुभएका ग्राहकका लागि हामीले धेरै अफर ल्याएका छौं,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘बुधबारदेखि सुरु हुने अफर योजना फागुन ३० गतेसम्म चल्नेछ ।’

अफर योजनाअन्तर्गत कुनै पनि पुरानो मोटरसाइकलमा प्रचलित बजार मूल्यांकनभन्दा १० हजार बढी दिइनेछ । पानस मोटर्सका अनुसार नयाँ मोटरसाइकल खरिद गर्दा ४० प्रतिशत रकम बुझाए शून्य ब्याज दरमा बजाज कम्पनीमा मोटरसाइकल चढ्न पाइनेलगायतका विभिन्न अफर ल्याइएको छ ।

‘बुधबारबाट सुरु हुन लागेको बजाज अपग्रेडमा धेरै अफर ल्याएका छौं,’ पानस मोटर्सका सञ्चालक खनालले भने, ‘मोटरसाइकल खरिद गर्न चाहानु भएकाले कारकाँदोस्थित सडक विभाग परिसरको मैदान चल्ने मेलामा आएर खरिद गर्न सक्नुहुनेछ ।’

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७८     8:49:18 PM  |